काठमाडौँ । नेपाली बजारमा बिहीबार छापावाल सुनको मूल्य बढेको छ ।
बिहीबार सुन तोलामा १ लाख ४९ हजार ४०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार १६ सय रुपैयाँले बढेर कारोबार भएको हो।
यस्तै तेजाबी सुन तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ ।
यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ।
बुधबार तोलामा १ हजार ७८० रुपैयाँमा कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ८०० रुपैयाँ कायम भएको हो ।