सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

काठमाडौंमा सहकारी पीडितको मानव साङ्लो प्रदर्शन (तस्बिरहरु)

काठमाडौंमा सहकारी पीडितको मानव साङ्लो प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ) ले काठमाडौंमा मानव साङ्लो प्रदर्शन गरेको छ । पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति भएको भएपनि कार्यान्वयन नगरेको भन्दै पीडितहरूले बिहीवार रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी पीडितहरूले मुखमा मास्क र कालो टेप लगाएर बिरोध जनाएका छन् सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि बारम्बार आन्दोलन गर्दै आएका छन् । सरकार संवेदनशील नभएको उनीहरुको भनाइ छ ।

उनीहरूले सहकारीको पैसा फिर्ता गर, घरमा पैसा राख्ने ठाउँ नभएर सहकारीमा राखेको हैन, हामीसँग कर लिने, हाम्रो वचतको सुरक्षा खोइ ? लगायतका नारा लगाइ मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend