logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • असुसको एआई ल्यापटप नेपाली बजारमा

    असुसको एआई ल्यापटप नेपाली बजारमा

    651
    Shares
    असुसको एआई ल्यापटप नेपाली बजारमा

    काठमाडौँ । असुसले नेपाली बजारमा एआई ल्यापटप सार्वजनिक गरेको छ । गेमिङ ल्यापटपको दुनियाँमा राम्रो नाम कमाएको असुसले नेपाली बजारलाई लक्षित गर्दै एआई ल्यापटप भिभोबुक एस १५ सार्वजनिक गरेको हो ।

    नेपालका लागि असुसको आधिकारिक वितरक नागमणि इन्टरनेशनलले एक कार्यक्रमका बिच उक्त ल्यापटप सार्वजनिक गरेको हो ।

    तीन वटा प्रोसेसर सहित असुसको एआई ल्यापटप सार्वजनिक भएको कार्यक्रममा नागमणि इन्टरनेशनलका निर्देशक अमित सराफले जानकारी दिए ।

    उहाँका अनुसार असुस भिभोबुक एस १५ मा १२ कोर भएको आर्ममा आधारित क्वालकमको स्न्याड्रयागन एक्स ईलाइट प्रोसेसर प्रयोग गरिएको छ, जुन एप्पलको एम थ्री चीपभन्दा पनि फास्ट रहेको छ ।

    यसमा क्वालकमको ओरेन सिपियु र हेक्जागन एनपीयु (न्युरल प्रोसेसिङ युनिट) पनि रहेको उनले जानकारी दिए । एआई सुविधायुक्तले सिपियु र जीपीयुलाई फ्री गर्नेछ, जसले गर्दा एकै पटक धेरै काम गर्न उनको तर्क रहेको थियो ।

    विन्डोज ११ अपरेटिङ सिस्टम रहेको यसमा १६ जीवी र्‍याम र एक टिभी एसएसपी स्टोरेज रहेको छ । ल्यापटपको र्‍यामलाई आवश्यकता अनुसार ३२ जाबीसम्म बढाउने सकिने नागमणिले जानकारी दिएको छ ।

    ल्यापटपले १८ घण्टासम्म ब्याट्री ब्याक अप दिने कम्पनीले जानकारी दिएको छ । यसमा आरजीबी किबोर्ड समेत राखिएको छ । असुस भिभोबुक एस १५ मा युएसबी, एचडीएमआई, बाइफाई ७, अडियो ज्याक, माइक्रो एसडी कार्ड रिडर लगायत सुविधा समेत रहेको कम्पनीले जानकारी दिएको छ ।

    असुस भिभोबुक एस १५ को मूल्य २ लाख ९ हजार ९०० रुपैयाँ रहेको र उक्त ल्यापटपको २ वर्षको वारेन्टी अनि एक्सिडेन्ट ड्यामेज प्रोडेक्ट सेवा समेत रहेको कम्पनीले जानकारी दिएको छ । जुन सुविधा मार्फत ग्राहकले पहिलो वर्ष फिजिकल ड्यामेजको मर्मत शुल्कको ८० प्रतिशत सम्म छुट पाउन सक्ने नागमणिले जानकारी दिएको छ । यो सुविधा भने नेपालमा खरिद गरिएका ल्यापटपमा मात्र भएको समेत कम्पनीले जानकारी दिएको छ ।

    कम्पनीका अनुसार उक्त ल्यापटपमा विभिन्न अन्य सुविधा समेत रहेको छ । जसका कारण हाम्रा दैनिक जीवनका विभिन्न काम तथा गेमिङको दुनियाँमा यो ल्यापटपले अझ सुविधा दिने कम्पनीले विश्वास राखेको जानकारी दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend