logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सुनको भाउमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ५० हजार नजिक

    सुनको भाउमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ५० हजार नजिक

    945
    Shares
    सुनको भाउमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ५० हजार नजिक

    काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम राखेको छ । आज बजारमा सुनको मुल्य प्रतितोला करिब डेढ लाख रूपैयाँ कारोबार भएको छ ।

    लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत साउन २ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

    उक्त दिन सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ४९ हजार नौ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक सय रूपैयाँ बढी हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

    यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend