logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • साउदी अरेबियाको सार्वजनिक लगानी कोषले इजिप्टमा लगानी बढाउने

    साउदी अरेबियाको सार्वजनिक लगानी कोषले इजिप्टमा लगानी बढाउने

    203
    Shares
    साउदी अरेबियाको सार्वजनिक लगानी कोषले इजिप्टमा लगानी बढाउने

    काठमाडौं । साउदी अरेबियाको सार्वजनिक लगानी कोषले इजिप्टमा आफ्नो लगानी बढाउने र इजिप्टमा रहेको आफ्नो निक्षेपलाई लगानीमा रूपान्तरण गर्ने योजना बनाएको छ ।

    साउदी अरबका लगानी मन्त्री खालिद अल–फलेहले यसबारेमा जानकारी दिएका हुन् । कायरो भ्रमणमा रहेका साउदी प्रतिनिधिमण्डलको नेतृत्व गरेका अल–फलेहले इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीसँगको भेटमा उक्त टिप्पणी गरेका हुन् ।

    उनीहरूले इजिप्टमा लगानीका अवसरहरू र दुई देशबीचको संयुक्त लगानी बढाउने उपायहरूबारे छलफल गरे ।

    साउदी मन्त्रीले इजिप्टमा साउदी अरबलाई सबैभन्दा ठूलो लगानीकर्ताको रूपमा वर्णन गर्दै इजिप्टमा साउदीको लगानी दोगुणा गर्न इजिप्टका अधिकारीहरूसँग काम गर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend