logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै कर्जा दिने

    महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै कर्जा दिने

    364
    Shares
    महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै कर्जा दिने

    काठमाडौं । महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै कर्जा दिने घोषणा गरेको छ । महालक्ष्मी घर कर्जा, व्यावसायिक कर्जा, सवारी कर्जा (व्यक्तिगत) तथा हरित कर्जा ९.९९ प्रतिशतमा उपलब्ध गराउने घोषणा बैंकले गरेको हो ।

    बैंकका अनुसार महालक्ष्मी घर कर्जा अन्तर्गत आवासीय/व्यापारिक घरजग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप/पुर्ननिर्माण/मर्मत सम्भार गर्न न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्ष अवधी रहने गरी ५ करोड रुपैयाँसम्म कर्जा प्रदान गर्नेछ ।

    साना तथा मझौला व्यवसायी कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न १ वर्षदेखि १५ वर्ष अवधीसम्मका लागि व्यावसायिक कर्जा प्रदान गर्नेछ ।

    विद्युतीय सवारीको बढ्दो मागलाई लक्षित गर्दै भ्याट बिल वा कोटेसन मूल्यको ८० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा प्रदान गर्नेछ ।

    ग्राहकले यस अन्तर्गत ३ करोड रुपैयाँसम्मको कर्जा लिन सक्नेछन् । विद्युतीय सवारी बाहेकको अन्य सवारीमा कोटेसन मूल्यको ५० प्रतिशतसम्म कर्जा प्रदान गर्नेछ ।

    कर्जाका लागि बैंकको क्यूआरमार्फत पनि ग्राहकले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend