बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

केपी ओलीको क्याबिनेटमा थपिए ३ राज्यमन्त्री

केपी ओलीको क्याबिनेटमा थपिए ३ राज्यमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा ३ जना राज्यमन्त्री थपिएका छन् । शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

राष्ट्रपति पौडेलले नेपाली कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट अरुण चौधरी राज्यमन्त्री नियुक्त गरेका हुन् ।

चौधरीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, विकलाई वन तथा वातावरण र तामाङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री बनाइएको छ । राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा चौधरी, विक र तामाङलाई राज्यमन्त्रीमा नियुक्त गरिएको हो ।

president

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend