जब रूकुममा घटेको घटना जातीयताका कारण घटेको हो भन्ने थाहा पाएँ त्यस पछि चयनले बस्नै सकिन । दुनियाँ कहाँ पुगीसक्यो २१औ सताब्दीको यो युगमा आएर पनि हामी जातको पछाडी झुन्ड्याईएको अतिरीक्त शब्दकै आधारमा मान्छेलाई कुटि कुटी यती दर्दनाक हत्या गर्दीने समाजमा छौ ? मन आत्तीयो र मलाई जान्ने बुझ्ने जस्ता लाग्ने दुई चार जनााई म्यासेज गरेर सोधे की यो दलीत भनेको के हो तपाईको विचारमा ? दलीत भन्ने शब्दको अर्थ मैले नै पो गलत बुँझेकी भनेर सोधेको थिए खासमा । जवाफ खासै कसैेले दिएन । रात भरि निदाउन गाह्रो भयो । विहान उठ्नै मन लागेन वेडमा छट्पटाउँदै थिए, नेपालको सायद विहानको पाँच साढेँ पाच बजेको हुँदो हो एउटा रिप्लाई आयो । खै म त्यो दलित बाहुन केही मान्दिन मलाई मन पर्दैन । वस् ! उहाँको जवाफमा चित्त बुझेन फेरि सोध्छु एक दुई प्रश्न उता बाट जवाफ आयो हतारमा छु, अफिस हिड्न आटेको । सोचे सायद हतारमै भएर होला उहाँको रेडीयो कार्यत्रममा त कतैन कतै मानवताका लागी आवाज त उठ्लान ! उहाँको कार्यक्रम सुनिरहे तर मैले सोचेको जस्तो केहि आएन सोचे फेरी उहाँको कार्यक्रमपूर्व निर्धा्रित भएर होला । अरू कुनै माध्यम बाट अथवा भोलीका कार्यक्रमहरू बाट कुरा उठाउनु हुन्छ तर उठेनन् । त्यस दिन पछि लाग्यो कि सायद मैले गलत बुझेछु उहाँलाई । उहाँ मात्रै कहाँ होर उहा जस्तै धेरैजनाको फेसवुक वाल मा चिहाईरहे दिनभरी आँखा सामाजीक संजालबाट कतै हट्दै हटेनन् । मैले एउटा कथित दलीत मात्रै नभएर मानवताको पक्षमाती मान्छेहरूले बोलुन् भन्ने चाहिँ रहे जो शिक्षीत वर्गमा गनिन्छन् जो आफुलाई परिवर्तनशील समाजको हिस्सा ठान्छ अनि समाजलाई आर्दर्शका कुरा सिकाउँदै हिड्छन । आँखा दुखीन्जेलसम्म हेरे तर सामाजीक सँजालबाट ती मान्छेहरू मात्रै चिच्याईरहेको देखे जो आफ्नै समाजमा दलीन भएका छन् । जो पशुको भन्दा पनि तल्लो दर्जामा बसेर बाँचिरहेका छन् । बस्तीबाहेक जो जतीले बोलेको देखे खाली बोल्नका लागी मात्रै बोलेको जस्तो देँखे । केही व्यापारीहरू लाज पचाउनका लागी बोलेको देँखे, केही रमाईलो लागेर मुखको तीतो फाल्न बोलेको देँखे, केही चर्चामा आउनकै लागी बोलेको पनि देखे, केहीले दया गरेर बोल्दीएको देखेँ, अनेक अनेक रूपमा बोलेको देखे । यस्ता रूप देखेर डर जाग्यो मनमा । अझ भन्ने हो भने डर त यो कुरामा लाग्यो कि यस्तो वर्वरतालाई पनि वौद्विक भनिएको समाजले चुपचाप मौन समर्थन दिईरहेको छ । अनि अचम्म त यो कुरामा परे कि हिजो कसैले मजाक गरेर अथवा गल्तीले झुक्कीएर बोलेका शब्दहरूलाई पनि सहन नसकेर यती लामो वक्तव्य लेख्नेहरू यस्तो नर सम्महारमा चुपचाप छन् । केहीदिन अघिको कुरा गर्ने हो भने नायीका वर्षा राउतले सीमा नाका विषयमा छोटो वक्तव्य दिँदा, उनलाई वाच्नै अप्ठ्यारो हुने गरी , उनको चरित्रनै हत्या हुने गरि छिन छीनमै फेसबुकका स्ट्याटस फेरेर सत्तो सराप गरेका विद्वानेहरू यस्तो कहालीलाग्दो घटना देख्दा पनि यसरि मौन बसीराछन कि केही त्यस्तो भएकै छैन देशमा । सभ्य र परिवर्तनका गीत गाउनेहरू यस्तो परिस्थीतीमा पनि चुपचाप बसेको देखेर मैले यो महशुस गरेकी हामी त सताप्दीयौ पछाडी पो रैछौ । समाज परिवर्तनका पाठ हरू त केवल पाठका लागी मात्रै पढाईदै रैछ देशमा ।अनि यो पनि महशुस् गरे कि गरीव निमुखाका हक अधिकारको रक्षा गर्न भनी हिडेका ठेकेदारहरू त गरिव र पिछडीएको वर्गको सपनाहरूलाई व्यापार गरि आफ्नै सात पुस्ताक्का सपना पूरा हुने गरी कमाउन र जमाउन व्यस्त भएकाहरू लाई अब यतीकै छोड्नु हुन्न चाहे त्यो मैलेनै मान्ने गरेको राजनितीज्ञहरू हुन चाहे ती कथितदलीतवर्गकै होस् या अन्य कोही कीन नहोउन । अब पनि चुप बसियो भने कही कतै अली अली बाँची बसेको मानवता को पनि देहवशान हुनेछ । मोवाईलमा मनमा लागेका कुरा लेख्न थाले अनि फेसवुकमा पोस्ट्याए । लगतै केही साथीहरूको म्यासेज आउनथाल्यो कि आँफै भित्रको कमजोरीलाई किन लेख्नुभयो ?तपाईले लेखेको ठिक भएपनि समय सहि थिएन ! माफ गर्नुहोला हजुर । काश हामीअरूको गल्तीलाई नियाल्नु भन्दा पहिला आँफै भित्रका कमीक मजोरिलाई औल्याउन सक्ने हिम्मत राख्थेउ भने, सभ्य र समानतामुलक समाजनिर्माण गर्न हिडेकाहरूले आफ्नो कर्तव्य नभुल्दीएका हुन्थे भने कथित दलीतअधिकारकर्मी, महीला अधिकार कर्मी, बाल अधिकारकर्मि, समग्रमा मानवअधिकारकर्मीहरूले आ-आफ्नो कर्तव्यलाई सही ढङ्गले व्यवहारमा उतारी दिएका हुन्थे भने अझ समग्रमा भन्दा जुन कामको जिम्मा लिएको हो त्यो कामलाई ईमानदारीताका साथ गरेर साच्चिकै समाजलाई अर्थपूर्ण ढङ्गले सभ्याता र संस्कारको पाठ सिकाउन सकेका हुन्थेउँ र यदीकतै गल्ती वद्मासी भईहाल्यो भने राज्यले निर्माण गरेको संबिधानहरूको सही सदुपयोग गर्न सकेका हुन्थ्यौ भने आजको युगमा आएर पनि यो मान्छेको पछाडी झुण्ड्याईएको शब्दकै कारण मान्छे हुँ भन्नै लाज लाग्ने घिन लाग्ने गरि मानवताकै नरसम्हारको अवस्था देख्नु पर्दैन थियो । आमाको काखमा खेल्दै गरेका हाम्रा कलीला निर्मलाहरूले जवरजस्ती करणीको त्यो अट्टाहास क्षण भोग्दै घाँटी निचोरियर त्यो दर्दनाक मृत्युको सामना गर्नु पर्दैन थियो । विहान सहि सलामद् विद्यालय पुगेकी छोरीका बावु आमा छोरी बेलुका घर फर्कीदा तेजावले पो डढ्छे की , बलात्कृत पो हुन्छेकी, या घरै पो फर्कीन्न की भनेर डराउनु पर्दैनथ्यो । श्रीमानको देह वशान पछि बेसहारा बनेकी महिलाले बोक्सीको आरोपमा दिसा खानु पर्दैनथ्यो, दाईजोकै नाममा हाम्रा चेलीहरूले जीउँदै जलाईनु पर्दैनथियो । म खाली कथीतदलितका छोराहरूको हत्याका लागी मात्रै चिन्तीत छैन । म त अझै देश र जनताको रक्षक हुँ भनेर गणतन्त्रको खोल ओढेर हिड्नेहरू यस्तो देख्दैमा सुन्दैमा कहालीलाग्दा घटनाहरूलाई पनि सामान्यभन्दा सामान्य घटनाको रूपमा लिएर अपराधिलाई मौन समर्थन दिईराख्न सकेकोमा चिन्तीत छु । अपराधीहरूलाई संरक्षण दिएर जोगाईराख्न सकेकोमा चिन्तीत छु । समानता खोज्न पिछडीएका वर्गहरूको ढाडमा चढी माथी पुगेर तल हेर्नै बिर्सीएका राजनितीज्ञहरू देखेर चिन्तीत छु । गरिव र निमुखाको गास काटेर अघाएर मोटाएकाहरू देखेर चिन्तीत छु । ए जातिय, वर्गीय,भौगोलिक समानताको खोजीमा दौडीएकाहरू हो पछाडी फर्कीएर हेर एक पटक मानवता नै नरहेको समाजलाई के को समानता चाहियो ? ल्याउनुनै छ भने देशमा मानवता ल्याउनु पहिला, जहाँमानवता हुन्छ नीत्यहा समानताको जरूरत नै पर्दैन । हिजोसम्म लागीराथ्यो दलीत शव्दको अर्थ बुझाई नै गलत छ । जुन शब्दलाई कथित तल्ला जाती भन्दा अर्काे अर्थले बुझ्नै खोजीराछैन हाम्रो समाज त्यसैले यो शब्दको खारेजी नै समस्याको समाधान होला भनेर । तर अहीले लाग्दै छ यदी हामी र हाम्रो समाजभित्र सदियौ देखी गढी बसेको विभेद पूर्ण चेतनानै खारेज हुँदैन भने शब्द कोशमा खारेजी भएको शब्दले केही महत्व राख्दैन । प्रत्यक मान्छे परिवर्तन हुन जरूरि छ । अरूले परिवर्तनका लागी गरेको कोशीस लाई सही थापदिनु मात्र परिवर्तन हुनु होईन । परिवरतन खुव मन पराउँछौ हामी तर आफु र आफ्नो घरमा होईन छिमेकीको घरमा ! होईन ?कहिकतै आँफु भित्र मानवता भन्ने जात बाँचि बसेको छ भने पहिला त्यसैलाई न्याय दिलाउनु किनकी आज भोली तिमीहरू भित्रैको मानवताको जात अन्यायमा परेको छ