शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

नेकपा एसले बनायो ३४४ सदस्यीय केन्द्रीय कमिटी

नेकपा एसले बनायो ३४४ सदस्यीय केन्द्रीय कमिटी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले ३४४ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले आकांक्षीहरुलाई सम्बोधन हुनेगरी ठूलो आकारको केन्द्रीय कमिटी बनाएको हो ।

पार्टीको १० औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई चयन गर्दै ९३ जना केन्द्रीय सदस्यहरुको घोषणा गरेको थियो ।

आज बसेको बैठकले केन्द्रीय सदस्यहरुको संख्या बढाएर ३४४ जना पुर्याउने निर्णय गरेको पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले भने, ‘हामीले ९३ जनाको नाम यसअघि नै सुनाई सकेका छौं । अहिले ३४४ सदस्यीय केन्द्रीय कमिटीको घोेषणा गरिएको छ । अब केही दिनभित्र यी सबै केन्द्रीय कमिटीका सदस्यहरुको सपथग्रहण समारोह राखिनेछ । त्यसपछाडि हामी पदाधिकारीहरु छनौट गर्नेछौँ । धेरै छिटो व्यवस्थापन गरेर पदाधिकारी चयन गर्ने काम हुनेछ ।’

केही दिनभित्र चयन गरिएका केन्द्रीय सदस्यहरुको शपथग्रहण हुने पनि सो पार्टीले जनाएको छ । शपथग्रहण पछि पार्टीको पदाधिकारी चयन हुने बित्तिकै पदाधिकारीहरुको चयन पनि हुने पार्टीका प्रवक्ता खतिवडाले बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend