logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • विद्युत प्राधिकरणसँग लेखा समितिले माग्यो टीओडी मिटरको तथ्यांक

    विद्युत प्राधिकरणसँग लेखा समितिले माग्यो टीओडी मिटरको तथ्यांक

    553
    Shares
    विद्युत प्राधिकरणसँग लेखा समितिले माग्यो टीओडी मिटरको तथ्यांक

    काठमाडौं । सार्वजनिक लेखा समितिले नेपाल विद्युत प्राधिकरणसँग टाइम्स अफ डे (टीओडी) मिटरको तथ्यांक मागेको छ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको शुक्रबारको वैठकपछि प्राधिकरणसँग टीओडी मिटरको डेटा माग्ने निर्णय गरेको हो ।

    समिति सभापति ऋषिकेश पोखरेलले टीओडी मिटरको प्रष्टता के हो प्राधिकरणसँग माग गर्ने बताए । उनले प्राविधिक भएपनि समितिले सधैँ सिद्धान्तमा मात्रै छलफल गरेको बताए । उनले समितिसँग उपलब्ध भएका सम्पूर्ण तथ्य र प्रमाणहरुसहित तयारी गर्ने बताए । उनले तीन दिनभित्र सांसदहरुसँग भएका प्रमाणहरु सचिवालयमा उपलब्ध गराउन निर्देशन दिए ।

    उनले सबै तथ्य, प्रमाण र कानूनका आधारमा सचिवालयले पाँच दिनभित्र प्रतिवेदन तयार गर्ने निर्देशन दिए ।

    समितिसँग भएका तथ्य,प्रमाण र कानूनका आधारमा आधारमा ५ दिनमा प्रतिवेदन तयार पारी अर्को वैठकमा उद्योगी र प्राधिकरणबीच विवाद सुल्झाउने निर्णय गरिने उनले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend