एजेन्सी । रुसको निज्नी टागिल शहरमा रहेको एक आवासीय भवन भत्किँदा चार जनाको मृत्यु भएको छ । रुसको स्वेर्डलोभस्क ओब्लास्टमा रहेको शहर निजनी टागिलमा रहेको पाँच तले ग्यासबाट चल्ने भवनको दुईवटा प्रवेशद्वारमा ग्यास–एयर मिश्रणको विस्फोटका कारण उक्त दुर्घटना भएको बताइएको छ ।
भग्नावशेषबाट सात बालबालिकासहित १५ जनाको उद्धार गरिएको छ । घटनापछि निजनी तागिलको ज्र्जिन्स्की जिल्लामा संकटकाल घोषणा गरिएको छ ।
सुरक्षाका मापदण्ड पूरा नगर्ने सेवा वा कामको प्रावधानलाई लिएर अनुसन्धान समितिले फौजदारी मुद्दा चलाएको छ ।