logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रधानमन्त्री र मन्त्रीहरुले कर्मलाई पहिलो प्राथमिकता दिनुपर्छः महामन्त्री शर्मा

    प्रधानमन्त्री र मन्त्रीहरुले कर्मलाई पहिलो प्राथमिकता दिनुपर्छः महामन्त्री शर्मा

    455
    Shares
    प्रधानमन्त्री र मन्त्रीहरुले कर्मलाई पहिलो प्राथमिकता दिनुपर्छः महामन्त्री शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री र मन्त्रीहरुले कर्मलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । आईतबार नेपाली कांग्रेसको पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले प्रधानमन्त्री र मन्त्रीहरुले भाषणलाई दोस्रो र पहिलो प्राथमिकता कर्मलाई दिनुपर्ने बताए । उनले इतिहासमा बोली नभइ कर्म बिक्ने बताए । उनले नेपाली कांग्रेसका तत्कालिन सभापति एवं प्रधानमन्त्री सुशील कोईरालाको बोली अस्पष्ट भएपनि उनको नेतृत्वमा बनेको संविधान सबै नेपालीले बुझेको जिकिर गरे ।

    उनले अहिलेको सरकारसँग नागरिकलाई धेरै अपेक्षा रहेको भन्दै नागरिकका अपेक्षालाई सम्बोधन गर्न आग्रह गरे । उनले प्रदेशलाई अधिकार दिने विधेयक संसदमा ल्याएर पारित गर्नुपर्ने बताए ।

    उनले भने, ‘तपाईंहरुको निर्णयमा सरकारलाई ध्यानाकर्षण गराउने निर्णय पनि आओस् । अहिले मैले यहाँ उभिएर भन्दै गर्दा प्रधानमन्त्री र मन्त्रीज्युहरुलाई मिडियाका साथीहरु पनि यहाँ हुनुहुन्छ । इतिहासमा बोली होइन कर्म बिक्छ । सुशील कोईरालाले राम्रोसँग बोल्न सक्नुभएन । जिब्रोको क्यान्सरको अप्रेशनको कारण बोलि राम्रो बुझिएन ।

    तर सुशील कोईरालाको बोली राम्रो नबुझिएर के भयो । सुशील कोईरालाको नेतृत्वमा लेखिएको संविधान त देशले बुझ्यो नि । त्यसैले अहिलेको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले, अहिलेको मन्त्रीपरिषद्का मन्त्रीहरुले बोल्ने कुरालाई दोस्रो प्राथमिकता र कर्मलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । उहाँहरुले गरेको कर्मले बोल्नुपर्छ ।

    नागरिकलाई यो सरकारसँग धेरै अपेक्षा छ । नागरिकसँगको अपेक्षालाई सम्बोधन गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्छ । सरकारले ति विषयलाई सम्मान गर्नुपर्छ । कहिले दिने हो हामीले प्रदेशलाई अधिकार दिने विधेयक संसदमा ल्याएर त्यसलाई अघि बढाउनु पर्छ ।’

    महामन्त्री शर्माले भ्रष्टचारका सम्बन्धमा रहेका मुद्दाहरुमा निष्पक्ष छानबिन गर्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend