logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • मौसमले साथ नदिँदा तीन दिनदेखि राराका उडान प्रभावित

    मौसमले साथ नदिँदा तीन दिनदेखि राराका उडान प्रभावित

    504
    Shares
    मौसमले साथ नदिँदा तीन दिनदेखि राराका उडान प्रभावित

    सनत हमाल / मुगु । मुगु जिल्लास्थित रारा विमानस्थलमा ३ दिनदेखि उडान हुन सकेको छैन । मौसममा फेरबदली आइरहँदा रारा विमानस्थलमा उडान हुन नसकेको रारा नागरिक उड्डयन कार्यालय मुगुले जनाएको छ ।

    शुक्रबार नेपालगञ्जबाट समिट एयरले यात्रु लिएर मुगुका लागि उडे पनि जुम्ला जिल्लाको नराकोट माथि पुगेपछि मौसम खरावी आएको भन्दै १० मिनेट नजिक रहेको रारा विमानस्थलमा अवतरण नगरी पुन नेपालगञ्ज विमानस्थल फर्केको थियो ।

    शनिबार मौसम नै खुलेन तर आइतबार मौसम खुलेको भएपनि समिट एयरले पहिलो फ्लाइट हुम्ला दोस्रो जुम्ला गरेपनि तेस्रो फ्लाइट राखिएको मुगुको उडान समय आउँदासम्म पुन मौसममा खरावी आएपछि समिट एयरले आइतबारको आफ्नो रारा विमानस्थलको उडान स्थगित गरेको थियो ।

    तीन दिनदेखि उडान नभएपछि नेपालगञ्ज भएर मुगु आउने यात्रु र रारा विमानस्थलबाट नेपालगञ्ज जाने यात्रुहरु अलपत्र परेका छन् । आज नभए भोलि उडान होला भन्दै होटेलमा बास बस्दा खर्च गर्ने पैसा पनि नरहेको यात्रुहरु दुखेको सुनाउँछन् ।

    रारा विमानस्थलमा उडान नहुँदा मुख्य गरि वर्षे विदामा घर गएका शिक्षकहरु प्रभावित भएका छन् । शिक्षक नम्रता मल्ल भन्छिन्, ‘सडक राम्रो छैन । उडान मौसमले निश्चित छैन, मौसम खुलेपनि स्थगित भएको जिल्लाको उडानलाई प्राथमिकता नदिएर पहिला अन्य रुटका जिल्लामा उडाइन्छ ।’

    रारामा उडान भर्ने ३ एयरलाईन्सहरु मध्ये तारा एयर मर्मत सम्भारको लागि काठमाडौं र सीता एयरको आफ्नै प्रशासनिक कामले मुगु उडान नगरेपछि समिट एयरले मात्र उडान भर्दै आएको थियो ।

    सीता एयर मुगुका स्टेसन प्रमुख धिरेन्द्र भाम आफ्नो एयरलाईन्सले पनि मौसमले साथ दिए सम्भवत सोमबारबाट रारा विमान स्थलमा नियमित उडान गर्ने बताउँछन् । रारा आफुहरुले नियमित उडान गर्दै आए पनि तीन दिन यता मौसमले साथ नदिँदा उडान प्रभावित भएको समिट एयरका नेपालगञ्ज स्टेसन प्रमुख वसन्त मल्लले बताए । उनले भने, ‘मुगु जाने र मुगुबाट नेपालगञ्ज आउने यात्रुलाई सेवा दिनकै लागि शुक्रबार यात्रु लिएर जहाज मुगुतर्फ उडेको थियो, तर बीच बाटोमा मौसम विग्रिदा जहाज फर्कनुपर्यो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend