logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • काभा महिला नेसन्स लिगः नेपालको पहिलो हार

    काभा महिला नेसन्स लिगः नेपालको पहिलो हार

    2.8K
    Shares
    काभा महिला नेसन्स लिगः नेपालको पहिलो हार

    काठमाडौं । काभा महिला नेसन्स लिगमा नेपालले पहिलो हार व्यहोरेको छ । इरानले नेपाललाई तीन दुईको नतिजामा हराउँदै महत्वपूर्ण जित हात पारेको हो ।

    लिग चरणको अन्तिम खेलमा घरेलु टोली नेपाललाई हराउँदै इरानले सात अंक बनाएको छ । नेपालले इरान बिरूद्ध शुरूवात राम्रो गर्न सकेन । तालमेल नै मिलाउन नसक्दा नेपाल कमजोर बन्यो । नेपाललले पहिलो सेट १६–२५ ले गुमायो ।

    तर दोस्रो सेटमा नेपालले सानदार शुरूवात गर्दै ७–० को अग्रता बनायो । यही अग्रतालाई निरन्तरता दिँदै दोस्रो सेट २५–१६ ले जित्दै खेललाई एक–एकको बराबरीमा पुर्यायो । तेस्रो सेटको शुरूवातमा नेपालले ७–२ को अग्रता बनाएपनि यो अग्रतालाई निरन्तरता दिन सकेन । इरानले ९–९ को बराबरीमा पुर्याएपछि यो सेट प्रतिष्पर्धात्मक बन्यो । जहाँ इरानले तेस्रो सेट २५–२३ ले जित्यो र खेलमा दुई एकको अग्रता बनायो ।

    चौथो सेटमा नेपाल सम्हाल्ने प्रयासमा थियो । ११–८ को अग्रता लिएपछि नेपालले यो अग्रतालाई बढाउँदै लग्यो । सहजै चौथो सेट नेपालले २५–१५ ले आफ्नो पक्षमा पार्दा खेल दुई दुईको बराबरीमा पुग्यो । खेलको निर्णय पाँचौ सेटबाट भयो ।

    पाँचौ सेटमा इरान नेपाललाई दबाबमा राख्न सफल भयो । इरानले पाँचौ सेट १५–१३ ले जित्दै नेपाललाई हराउन सफल भयो । इरानले सात खेलबाट ७ अंक बनाउँदा नेपालले तीन खेलबाट ६ अंक बनाएको छ । भारतसँग ७, श्रीलंकासँग ४ र माल्दिभ्स अंक बिहिन छ ।

    आज भएको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई २५–२२,२५–१२ र २५–१२ लाई हरायो। माल्दिभ्सको हारमा सेमिफाइनलमा पुग्ने चार टिमको टुङ्गो लागिसकेको थियो ।

    नेपाल, भारत, इरान र श्रीलंका सेमिफाइनलमा पुगिसकेका छन् । सेमिफाइनल प्रतिद्वन्दी भने लिग चरणका खेल सकिएपछि मात्र तय हुनेछ । लिगको शिर्ष र चौथो टोली तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ । भोलि लिग चरणको अन्तिम दुई खेल हुनेछ । जहाँ श्रीलंका र भारत तथा नेपाल र माल्दिभ्सबीच प्रतिष्पर्धा हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend