logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • ग्लोबल आइएमई बैंकको खुदनाफा ६ अर्ब, लाभांश दिने क्षमता ३ प्रतिशत माथि

    ग्लोबल आइएमई बैंकको खुदनाफा ६ अर्ब, लाभांश दिने क्षमता ३ प्रतिशत माथि

    637
    Shares
    ग्लोबल आइएमई बैंकको खुदनाफा ६ अर्ब, लाभांश दिने क्षमता ३ प्रतिशत माथि

    काठमाडौं । गत आर्थिक वर्षमा ग्लोबल आइएमई बैंकको खुद नाफा ११.२७ प्रतिशत घटेको छ । गत आर्थिक वर्षमा बैंकले ६ अर्ब १ करोड ६२ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

    अघिल्लो वर्षको यसैअवधिमा बैंकले ६ अर्ब ६९ करोड ४३ लाख रुपैयाँ खुदनाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा ग्लोबल आइएमईको खुदनाफा ६७ करोड ८१ लाख रुपैयाँ घटेको सोमबार सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।

    निष्क्रिय कर्जा अनुपात बढेपछि बैंकको नाफामा असर परेको हो । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात बढेर ४.३७ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो कर्जा अनुपात ३.१५ प्रतिशत मात्र थियो ।

    अघिल्लो वर्ष यसैअवधिमा ३ अर्ब ४२ करोड ६१ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष बढेर ३ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि ८.२५ प्रतिशतले घटेर ८ अर्ब ७४ करोड रुपैयाँमा सीमित भएको छ ।

    खुद ब्याज आम्दानी पनि २.७४ प्रतिशतले घटेर १६ अर्ब ६३ करोड ७९ लाख रुपैयाँमा झरेको छ । असार मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा भने १ अर्ब १० करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।

    बैंकको लाभांश दिने क्षमता घटेर ३.०६ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्ष ९ प्रतिशत माथि थियो । अघिल्लो वर्ष बैंकको ३ अर्ब २४ करोड ३३ लचख रुपैयाँ वितरणयोग्य नाफा थियो ।

    नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी ५.४१ घटेर १६ रुपैयाँ ६५ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ८१ पैसा छ ।

    निक्षेप लागत ६.२१, कर्जा निक्षेप अनुपात ७५.८७, आधारदर ८ र ब्याजदर अन्तर ३.९९ प्रतिशत रहेको बैंकले जनाएको छ । यसको चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख ७० हजार रुपैयाँ छ ।

    जगेडा कोषमा २३ अर्ब ७५ करोड ४५ लाख रुपैयाँ छ । समीक्षा अवधिमा बैंकले ४ खर्ब ८७ अर्ब ४६ करोड रुपैयाँ निक्षेप परिचालन गरी ३ अर्ब ६९ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend