logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नबिल बैंकको लोभलाग्दो प्रगति : नाफा ७ अर्ब २ करोड, लाभांश दिने क्षमता बढेर १४.२६ प्रतिशत

    नबिल बैंकको लोभलाग्दो प्रगति : नाफा ७ अर्ब २ करोड, लाभांश दिने क्षमता बढेर १४.२६ प्रतिशत

    896
    Shares
    नबिल बैंकको लोभलाग्दो प्रगति : नाफा ७ अर्ब २ करोड, लाभांश दिने क्षमता बढेर १४.२६ प्रतिशत

    काठमाडौं । अधिकांश बैंकहरुको नाफा घटिरहेका बेला नबिल बैंकको भने बढेको छ । गत आर्थिक वर्षमा नबिल बैंकको खुदनाफा १०.२२ प्रतिशत बढेर ७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।

    अघिल्लो आर्थिक वर्षको यसैअवधिमा बैंकले ६ अर्ब ४० करोड ४९ लाख रुपैयाँ खुदनाफा कमाएको थियो । एक वर्षको अवधिमा नबिलको खुदनाफा ६५ करोड ५० लाख रुपैयाँ बढेको सोमबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

    समीक्षा अवधिम बैंकको निष्क्रिय कर्जा अनुपात घटेर १.०७ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्ष यस्तो कर्जा अनुपात १.१८ प्रतिशत थियो ।

    नाफामा सुधार आएपछि बैंकको वितरणयोग्य नाफा पनि बढेर ३ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ३ अर्ब १८ करोड ७० लाख रुपैयाँ वितरणयोग्य नाफा थियो ।

    बैंकको लाभांश वितरण क्षमता बढेर १४.२६ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष ११.७८ प्रतिशत थियो । खराब कर्जा अनुपात घटेपछि बैंकको नाफामा सुधार आएको हो ।

    अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ४२ करोड ६२ लाख ६९ हजार रुपैयाँ निष्क्रिय कर्जा रहेकोमा गत असार मसान्तसम्म आइपुग्दा ३ अर्ब २२ करोड ४३ लाख ९० हजार रुपैयाँमा आएको छ ।

    खुद ब्याज आम्दानी ८.६९ प्रतिशतले घटेर १६ अर्ब २० करोड ७० लाख रुपैयाँमा सीमित भएको छ । बैंकको सञ्चालन नाफा ३.५१ प्रतिशत बढेर ९ अर्ब ८४ करोड ६८ लाख ५१ हजार रुपैयाँ पुगेको छ ।

    समीक्षा अवधिमा प्रतिसेयर आम्दानी २ रुपैयाँ ४२ बढेर २६ रुपैयाँ ०९ पैसामा पुगेको छ । प्रतिसेयर नेटवर्थ २ सय २० रुपैयाँ १६ पैसा रहेको बैंकले जनाएको छ ।

    असारसम्म बैंकको निक्षेप लागत ५.८६, कर्जा निक्षेप अनुपात ८३.६०, आधारदर ७.६३ र ब्याजदर अन्तर ३.९९ प्रतिशत रहेको छ । बैंकको चुक्ता पुँजी २७ अर्ब रुपैयाँ छ ।

    सञ्चित कोषको आकार बढेर २८ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ छ । समीक्षा अवधिमा बैंकले ४ खर्ब ६२ अर्ब ८ करोड रुपैयाँ निक्षेप परिचालन गरी ३ खर्ब ७३ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend