logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • अधिकांश बैंकको लाभांश क्षमता घट्दा नबिलको बढ्यो, कस्को कति ?

    अधिकांश बैंकको लाभांश क्षमता घट्दा नबिलको बढ्यो, कस्को कति ?

    812
    Shares
    अधिकांश बैंकको लाभांश क्षमता घट्दा नबिलको बढ्यो, कस्को कति ?

    काठमाडौं । गत अर्थिक वर्षमा अधिकाँश बैंकको लाभांश दिने क्षमता घटेको छ । केही बैंकको ऋणात्मक देखिएको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी लाभांश दिने क्षमता एभरेष्ट बैंकको छ । एभरेष्ट बैंकको लाभांश दिने क्षमता २९.८६ प्रतिशत रहेको सोमबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

    गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड ४४ लाख रुपैयाँ छ । यस्तै अघिल्लो वर्ष एभरेष्टको लाभांश वितरण क्षमता ३८.४२ प्रतिशत थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष घटे पनि सबैभन्दा बढी लाभांश दिने क्षमता एभरेष्ट बैंकको छ । अघिल्लो वर्ष एभरेष्टको वितरणयोग्य नाफा ४ अर्ब ११ करोड रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा बैंकको वितरणयोग्य नाफामा गिरावट आउँदा लाभांश दिने क्षमता कम भएको हो ।

    दोस्रो स्थानमा बहुराष्ट्रिय स्ट्यान्डर्ड चाटर्ड बैंक भएको छ । स्ट्यान्डर्ड चाटर्ड बैंकको गत आर्थिक वर्षमा लाभांश वितरण गर्ने क्षमता २६.५० प्रतिशत छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ४९ करोड ९१ लाख रुपैयाँ छ । अघिल्लो वर्ष बैंकको लाभांश वितरण क्षमता २८.७५ प्रतिशत थियो । यस्तै वितरणयोग्य नाफा २ अर्ब ७१ करोड रुपैयाँ थियो । स्ट्यान्डर्ड चाटर्डको वितरणयोग्य नाफाका साथै लाभांश दिने क्षमता पनि घटेको छ ।

    लाभांश दिने क्षमता बढे पनि नबिल बैंक तेस्रो स्थानमा छ । नबिलको लाभांश क्षमता बढेर १४.२६ प्रतिशत पुगेको छ । नबिल बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ रहेको छ ।

    अघिल्लो वर्ष नबिलको लाभांश वितरण क्षमता ११.७८ प्रतिशत थियो । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ३ अर्ब १८ करोड ७० लाख रुपैयाँ थियो । गत आर्थिक वर्षमा नबिल सबैभन्दा बढी नाफा गर्ने बैंक बनेको छ । नबिलको नाफा बढेर ७ अर्ब २ करोड नाघेको छ ।

    नेपाल एसबिआइ बैंकको लाभांश क्षमता १०.७६ प्रतिशत छ । गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा १ अर्ब १३ करोड रुपैयाँ छ । अघिल्लो वर्ष नेपाल एसबिआइको लाभांश वितरण क्षमता १०.५८ प्रतिशत थियो । अघिल्लो वर्ष एसबिआईको वितरणयोग्य नाफा १ अर्ब ७ करोड रुपैयाँ थियो ।

    सानिमा बैंकको लाभांश वितरण क्षमता १०.४० प्रतिशत छ । सानिमाको वितरणयोग्य नाफा १ अर्ब ४१ करोड २४ लाख रुपैयाँ छ । अघिल्लो वर्ष सानिमाको वितरणयोग्य नाफा १७.७८ प्रतिशत थियो । अघिल्लो वर्ष सानिमा बैंकको २ अर्ब २१ करोड ५० लाख रुपैयाँ वितरणयोग्य नाफा थियो । सानिमाको पनि वितरणयोग्य नाफा र लाभांश दुबै घटेको छ ।

    यसैगरी सिद्धार्थ बैंकको लाभांश दिने क्षमता घटेको छ । गत वर्ष सिद्धार्थको वितरणयोग्य नाफा घटेर २.६० प्रतिशतमा झरेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा ३६ करोड ६६ लाख रुपैयाँ छ । अघिल्लो वर्ष बैंकको लाभांश क्षमता ४.७१ प्रतिशत थियो । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ६६ करोड ३६ लाख भएको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।

    सरकार स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकको लाभांश दिने क्षमता घटेर ३.७२ प्रतिशत कायम भएको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा ५८ करोड २१ लाख रुपैयाँ छ । अघिल्लो वर्ष लाभांश क्षमता ६.१५ प्रतिशत थियो । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ९१ करोड ८४ लाख रुपैयाँ थियो ।

    अघिल्लो वर्ष ऋणात्मक रहेको प्रभु बैंक लाभांश क्षमता बढेर गत वर्ष ५.२० प्रतिशतमा आएको छ । गत आर्थिक वर्ष प्रभु बैंकको वितरणयोग्य नाफा १ अर्ब २२ करोड ३९ लाख रुपैयाँ छ । प्राइम कमर्शियल बैंकको लाभांश क्षमता ६.१८ प्रतिशत छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब १९ करोड ९६ लाख रुपैयाँ छ ।

    एनएमबी बैंकको पनि लाभांश क्षमता घटेको छ । एनएमबी बैंकको लाभांश क्षमता घटेर १.३० प्रतिशत कायम भएको छ । गत वर्ष एनएमबी बैंकको वितरणयोग्य नाफा २३ करोड ८९ लाख रुपैयाँ थियो । अघिल्लो वर्ष बैंकको लाभांश दिने क्षमता ६.२१ प्रतिशत थियो । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब १४ करोड रुपैयाँ थियो ।

    यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकको वितरणयोग्य नाफा र लाभांश दिने क्षमता ऋणात्मक छ । अघिल्लो वर्ष बैंककको लाभांश दिने क्षमता १०.१७ प्रतिशत थियो । अघिल्लो वर्ष ३०.५६ प्रतिशत लाभांश क्षमता रहेको एनआइसी एसिया बैंकको गत वर्ष लाभांश क्षमता ऋणात्मक भएको छ ।

    नेपाल बैंकको लाभांश क्षमता ५.२४ प्रतिशत छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा ७६ करोड ९३ लाख रुपैयाँ थियो ।
    माछापुच्छ्रे बैंकको लाभांश दिने क्षमता घटेको छ । अघिल्लो वर्ष १४.१२ प्रतिशतसम्म लाभांश क्षमता भएको बैंकको गत वर्ष घटेर ४ प्रतिशतमा सीमित भएको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा ४६ करोड ६४ लाख रुपैयाँ थियो । अघिल्लो वर्ष १ अर्ब ४४ करोड रुपैयाँ थियो ।

    लक्ष्मी सनराइज बैंकको लाभांश वितरण क्षमता घटेको छ । गत वर्ष बैंकको लाभांश वितरण क्षमता ५.५५ प्रतिशत छ । अघिल्लो वर्ष लाभांश दिने क्षमता ७.९८ थियो । गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब २८ करोड ७१ लाख र अघिल्लो वर्ष १ अर्ब ७२ करोड ८३ लाख रुपैयाँ थियो ।

    यस्तै कुमारी बैंक र हिमालय बैंकको लाभांश क्षमता ऋणात्मक छ । ग्लोबल आइएमई बैंकको लाभांश दिने क्षमता घटेर ३.०६ प्रतिशतमा सीमित भएको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब १० करोड ४५ लाख रुपैयाँ थियो । अघिल्लो वर्ष ९.०७ प्रतिशत थियो । अघिल्लो वर्ष वितरणयोग्य नाफा ३ अर्ब २४ करोड ३३ लाख रुपैयाँ थियो ।

    कृषि विकास बैंककको लाभांश वितरण क्षमता ८.१३ प्रतिशत छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ६६ करोड ६७ लाख रुपैयाँ छ । अघिल्लो वर्ष बैंकको लाभांश दिने क्षमता क्षमता ५.९६ प्रतिशत थियो ।

    गत वर्ष सिटिजन्स बैंकको लाभांश क्षमता ४.३४ र अघिल्लो वर्ष ५.९६ प्रतिशत थियो । सिटिजन्सको पनि लाभांश दिने क्षमता घटेको छ । बैंकको गत वर्ष वितरणयोग्य नाफा ६१ करोड ६१ लाख रुपैयाँ छ । अघिल्लोे वर्ष ८४ करोड ६९ लाख रुपैयाँ थियो ।

    यो पनि :


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend