logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • अर्थतन्त्रलाई चलायमान बनाउन नीतिगत र कानूनी सुधार अपरिहार्य छः अध्यक्ष अग्रवाल

    अर्थतन्त्रलाई चलायमान बनाउन नीतिगत र कानूनी सुधार अपरिहार्य छः अध्यक्ष अग्रवाल

    210
    Shares
    अर्थतन्त्रलाई चलायमान बनाउन नीतिगत र कानूनी सुधार अपरिहार्य छः अध्यक्ष अग्रवाल

    काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले मुलुकलाई समृद्धि तर्फ लैजान नीतिगत र कानूनी सुधार अपरिहार्य रहेको बताएका छन् ।

    आईतबार लेखापरीक्षकहरुको संस्था नेपाल अडिटर्स एशोसियन (अडान) को १९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले मौद्रिक नीति र वित्त नीतिको सामाञ्जस्यताका साथ अगाडि बढ्ने निजी क्षेत्रले अपेक्षा लिएको बताए । उनले ऋणात्मक रुपमा रहेको उत्पादन क्षेत्रलाई अगाडि बढाउन सहुलियत प्रदान गर्न आवश्यक रहेको बताए ।

    उनले मौद्रिक नीतिले चेक अनादरमा कालोसूचीमा नराख्ने व्यवस्था गर्नु निर्माण व्यवसायीहरुको लागि राम्रो देखिए पनि दीर्घकालिन भने असर पर्ने बताए । उनले चेक लिएर सामान बिक्री वितरण गरेका उद्योगी व्यवसायीहरु समस्यामा पर्ने र आगामी दिन निर्माण व्यवसायीहरुले चेक दिएर समान नपाउने अवस्था भएकाले सरकारले सोच्नुपर्ने भन्दै राष्ट्र बैंकको ध्यानाकर्षण गराए ।

    उनले भने, ‘मौद्रिक नीति र वित्त नीतिको समाजस्यताका साथ अगाडि बढ्ने निजी क्षेत्रले अपेक्षा लिएको छ । यथपी ऋणात्मक रुपमा रहेको उत्पादन क्षेत्रलाई अगाडि बढाउन सहुलियत प्रदान गर्न आवश्यक छ । मौद्रिक नीतिले चेक अनादरमा कालोसूचीमा नराख्ने व्यवस्था गरेको छ । तत्कालको लागि निर्माण व्यवसायीहरुको लागि राम्रो देखिएको छ ।

    तर चेक लिएर सामान बिक्रि वितरण गरेका उद्योगी व्यवसायीहरु समस्यामा पर्ने हुन वा आगामी दिन निर्माण व्यवसायीहरुले चेक दिएर समान नपाउने अवस्था भएकाले सरकारले सोच्नु पर्छ । चुनौतिपूर्ण रहेको मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन बढ्दो व्यापारघाटा न्युनिकरण गर्न निर्यात मूलक उद्योगको प्रवद्र्धन र स्वदेशी उद्योगको संरक्षण अपरिहार्य छ । अनि मात्रै मुलुक आत्मनिर्भर बन्नसक्छौं । मुलुकलाई समृद्धितर्फ लैजान नीतिगत र कानूनी सुधार अपरिहार्य छ ।’

    उनले चुनौतिपूर्ण रहेको मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन बढ्दो व्यापारघाटा न्युनिकरण गर्न निर्यातमुलक उद्योगको प्रवद्र्धन र स्वदेशी उद्योगको संरक्षण अपरिहार्य भएको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend