बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

गृहमन्त्री लेखकको पहलपछि गड्डाचौकीमा पर्यटक आवागमन सहज

गृहमन्त्री लेखकको पहलपछि गड्डाचौकीमा पर्यटक आवागमन सहज

काठमाडौँ, १२ असार नेपाली काग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा लगानी सहजीकरण विधेयक सम्बन्धमा विज्ञहरुसँगको छलफलमा कार्यक्रमबारे जानकारी दिँदै प्रमुख सचेतक रमेश लेखक । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

काठमाडौँ । गृहमन्त्री रमेश लेखकको पहलपछि कञ्चनपुरको गड्डाचौकी नाकामा तेस्रो मुलुकका पर्यटकलाई आवागमनमा सहज भएको छ ।

गृहमन्त्री लेखकले पदभार ग्रहण गरेपछि यही साउन पहिलो साता मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्तवले शिष्टाचार भेट गरेका थिए । कोरोना महामारीको कहरपछि भारतसँग जाडिएका नाकाबाट भारत प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकलाई अध्यागमन सेवामा गरिएको अवरोध हटाएर पूर्ववत अवस्थामा फर्काउने विषयमा गृहमन्त्री लेखक र राजदूत श्रीवास्तवबीच छलफल भएको थियो ।

मन्त्री लेखक र राजदूत श्रीवास्तबीच भएको सो छलफल पछि यही साउन १५ गतेदेखि भारतीय पक्षले उक्त अवरोध हटाएर तेस्रो मुलुकका पर्यटकलाई भारत प्रवेशमा सहज गरेको गड्डाचौकीस्थित अध्यागमन कार्यालयका प्रमुख पदमराज भट्टले जानकारी दिए ।

“साउन १५ गतेयता हालसम्म सात विदेशी पर्यटक यो नाका भएर भारत प्रस्थान गरेका छन्,” उनले भने । कोरोना महामारीका बेला सन् २०२१ डिसेम्बर १० तारिखदेखि भारतले नेपलको गड्डाचौकी नाका भएर विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको थियो । विदेशी पर्यटकलाई गड्डाचौकी नाका हुँदै निर्वाधरुपमा भारत जान दिन तीन वर्षदेखि कञ्चनपुरका सरोकारवाल निकाय र नीजि क्षेत्रले पटक–पटक सरकारसँग माग गर्दै आएका थिए ।

“पर्यटकलाई भारत जान अब सहज गरिएको छ,” प्रमुख भट्टले भने । उनका अनुसार गड्डाचौकी नाका हुँदै वार्षिक झण्डै तीन हजारको हाराहारीमा विदेशी पर्यटक आवत जावत गर्न गर्छन । कोरोना महामारीपछि भारतीय पक्षले बाह्य पर्यटकलाई आफ्नो देशमा आवतजावत गर्न नदिँदा पर्यटकले विभिन्न समस्या भोग्दै आएका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend