logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • सरकारले हवाई टिकटमा हुने पद र पहुँचको दुरुपयोग तत्काल रोक्नुपर्छ : सचेतक बराल

    सरकारले हवाई टिकटमा हुने पद र पहुँचको दुरुपयोग तत्काल रोक्नुपर्छ : सचेतक बराल

    336
    Shares
    सरकारले हवाई टिकटमा हुने पद र पहुँचको दुरुपयोग तत्काल रोक्नुपर्छ : सचेतक बराल

    काठमाडौं । सत्तारुढ नेकपा (एमाले) की सचेतक सुनिता बरालले हवाई टिकटमा पद र पहुँचको दुरुपयोग गर्ने काम तत्काल रोक्न सरकारसँग माग गरेकी छन् ।

    हवाई यातायातका लागि पद र पहुँचको दुरुपयोग हुँदा सर्वसाधारणले टिकट नपाउने दुःखद् अवस्था रहेको उल्लेख गर्दै उनले त्यस्तो अवस्थाको अन्त्य हुनेगरी आवश्यक व्यवस्था मिलाउने काममा सरकारले ढिलाई गर्न नहुने उनको भनाई थियो । सोमबार प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सचेतक बरालले विभिन्न जिल्लाहरुको सडक सञ्जाल मर्मतको काममा पनि तिब्रता दिन सरकारको ध्यानाकर्षण गराइन् ।

    दशैँ, तिहारजस्ता चाडपर्व आउन लागेकाले सरकारले सर्वसाधरणले सार्वजनिक यातायातबाट सहज ढंगले घर जान पाउने गरी सडक मर्मतको काम गर्नुपर्ने उनले बताइन् ।

    सचेतक बरालले भनिन्, ‘चाँडबाड आउने क्रम सुरु भएकाले विभिन्न जिल्लाहरुमा जाने सडक मर्मत गर्ने कामलाई तिब्रता दिन जरुरी छ । हवाई यातायातमा असाध्यै धेरै अनियमितता हुन्छ भन्ने कुराको व्यापक गुनासो छ । पद र पहुँचको दुरुपयोग गर्ने र सर्वसाधारण जनताले टिकट नै नपाउने यो असाध्यै धेरै दुःखद् अवस्था छ । यो अवस्थाको अन्त्यका लागि सबै टिकट बिक्री गर्ने कामलाई सिष्टममा राख्ने र टिकट खोजिएको अवसरमा नियमित प्रक्रियाबाट उपलब्ध हुनेगरी प्रवन्ध मिलाउनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।’

    सचेतक बरालले सर्वसाधारणले सार्वजनिक यातायातमा धेरै दुःख पाउने गरेकोतर्फ पनि सरकारलाई सचेत गराइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend