बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

४० अकंले बढ्यो नेप्से, १६३ कम्पनीको शेयर मूल्य बढ्दा २१ अर्ब माथिको कारोबार

४० अकंले बढ्यो नेप्से, १६३ कम्पनीको शेयर मूल्य बढ्दा २१ अर्ब माथिको कारोबार

काठमाडौँ । आज शेयर बजारमा दोहोरो अकंको सुधार देखिएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४०.७६ अकंले बढेर २७९६.३८ बिन्दुमा कायम भएको छ ।

आज १६३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३२६ कम्पनीको ४ करोड ९७ लाख ७३ हजार ७३० कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज हिमालयन रिइन्स्योरेन्स कम्पनीको १ अर्ब २६ करोड रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ४९ करोड ३८ लाख रुपैयाँ र सानिमा माइ हाइड्रोको ४४ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सोममबार ७ उपसूचकमा हरियाली आएको छ । आज होटल तथा पर्यटन समूहको ६.६९ प्रतिशत, हाइड्रोपावर समूहको ३.०९ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ३.५२ प्रतिशत, जीवन बीमा समूहको ३.२३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज रुरु जलविद्युत कम्पनी, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट, सगरमाथा जलविद्युत, कुथेली बुखरी हाइड्रो, माथिल्लो मैलुङ खोला, भगवती हाइड्रोपावर, भिजन लुम्बिनी ऊर्जा र मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, नेपाल फाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend