काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद कमला पन्तले स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा गर्नेगरी संविधान संशोधन गर्न प्रस्ताव गरेकी छन् । सोमबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग र समुदायको प्रतिनिधित्व हुनेगरी संशोधन गर्न पनि प्रस्ताव राखिन् । उनले राष्ट्रिय सभालाई प्राज्ञिक सभाको रुपमा विकास गर्नुपर्ने बताइन् । उनले संविधानमा प्रधानमन्त्री र मुख्यमन्त्री कम्तिमा दुई पटक मात्रै हुने व्यवस्था गर्न र मन्त्री तीन पटक र सांसदहरु चार पटक हुने व्यवस्था गर्न प्रस्ताव गरिन् ।
उनले भनिन्, ‘संविधानको धारा ७० कमा रहेको यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुनेगरी गर्ने । वा र रमा म रको प्रश्ताव गर्दछु । स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा हुनुपर्छ । प्रदेश सभाको निर्वाचन पहिलो हुने निर्वाचित हुनेअनुसार प्रतिनिधि सभाको निर्वाचन हुनुपर्छ । संघीय प्रतिनिधि सभाको निर्वाचन पूर्ण समानुपातिक प्रणालीअनुसार गरौँ ।
राष्ट्रिय सभालाई प्राज्ञिक सभाको रुपमा प्राज्ञिक, बुद्धिजीवि, किसान, मजदुर लगायत विभिन्न वर्ग र क्षेत्रका बीचमा समेटेर राष्ट्रिय सभा बनाऔँ । संविधानमै स्पष्टसँग एक व्यक्ति कति पटक प्रधानमन्त्री हुने त रु प्रधानमन्त्री र मुख्यमन्त्री कम्तिमा दुई पटक मात्रै हुने व्यवस्था गरौँ । मन्त्री तीन पटक र सांसदहरु चार पटक हुने व्यवस्था गरौँ ।’
सांसद पन्तले राजनीतिलाई भरोसाको केन्द्र बनाउन आग्रह गरिन् ।