logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सरकार विचौलियाले चलाएको छ : सांसद शर्मा

    सरकार विचौलियाले चलाएको छ : सांसद शर्मा

    441
    Shares
    सरकार विचौलियाले चलाएको छ : सांसद शर्मा

    काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले सरकार विचौलियाले चलाएको आरोप लगाएका छन् । सोमबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

    उनले व्यवसायीहरुले विद्युतको महशुल तिर्न अदालतले आदेश दिएको भएपनि वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको नीति महशुल मिनाह गर्ने किसिमको रहेको बताए । उनले अहिलेको सरकारका नीतिमा विचौलियाहरु हाबी भएको स्पष्ट देखिएको पनि बताए ।

    उनले सरकार जेलनेल सहेका नेताहरुले चलाइरहेका छन् की अरु कोहीले भन्दै प्रश्नसमेत गरे ।

    उनले भने, ‘चाहे त्यो विद्युत प्राधिकरणमाथिको विद्युत महशुल तिर्नेकुरा यो अदालतको कुरा हेर्दा, संसदीय समितिका कुरा सुन्दा अरु कुरा सुन्दा र मोटामोटी डाटामा हेर्दा, ९० वटा मुद्दा पुनरावेदन गरेका समेत हेर्दा विद्युत बिल नतिर्ने ९० पटक, ९० वटा मुद्दा परेका रहेछन् । सबै पटक प्रायः अदालतले विद्युत महशुल तिर्नुपर्छ भनेको रहेछ । कतिपय मुद्दा विचाराधिन छन् र ९० मध्ये अधिकांशमा फैसला गरेको छ ।

    तर अहिलेको प्रधानमन्त्री वा अहिलेको सरकारले लिएको नीति के हो ? त्यो जनताले वा राष्ट्रले बुझ्ने खालको, महशुल मिनाह गर्ने यसले विचौलिया हाबी भएको स्थिति स्वभाविक रुपमा देखिन्छ । अन्य तमाम क्षेत्रमा पनि समग्र रुपमा हेर्दा सरकारले जुन समृद्धिको बाटोबाट समृद्धि हाँसिल गर्ने जुन बाटो लिएको छ, त्यसले स्वभाविक रुपमा यो सरकार लामो समयदेखि जेलनेल बसेका नेताहरुले नै चलाइरहेका छन् की यो देशको सरकार अरु कोहीले चलाइरहेको छ ?’

    सांसद शर्माले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल निजी कम्पनीलाई दिनेकुरा बाहिर आएको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend