
काठमाडौँ । राष्ट्रियसभाको विद्यायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयकमाथि मङ्गलबार दफावार छलफल हुने भएको छ ।
आज बसेको बैठकमा काउन्सिलको अध्यक्ष र सिफारिस समितिको संयोजक कसलाई बनाउने भन्ने विषयमा प्रस्ट हुन नसकेपछि बैठक मङ्गलबार सरेको हो । समिति सभापति जयन्तीदेवी राईले असहमति हुँदै आएका विधेयकका केही बुँदामा एकरूपता ल्याउने प्रयास भइरहेको बताइन् ।
“लगभग धेरै बुँदामा साझा सहमति बनिसकेको छ, अध्यक्ष र सिफारिस समितिको संयोजक राख्ने विषयमा प्रष्ट हुन सकिएको छैन । यस विषयमा पनि चाँडै टुङगोमा पुग्छौँ”, उनले भनिन् ।
सांसद डा बेदुराम भुसाल, भगवती न्यौपाने, सुरेश आलेमगर, आनन्द प्रसाद ढुङ्गानालगायतले विधेयकमाथिको छलफलमा भाग लिएका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend