logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • मेरो कार्यकालमा खेलकुद क्षेत्रले फड्को मार्छ : खेलकुदमन्त्री चौधरी

    मेरो कार्यकालमा खेलकुद क्षेत्रले फड्को मार्छ : खेलकुदमन्त्री चौधरी

    329
    Shares
    मेरो कार्यकालमा खेलकुद क्षेत्रले फड्को मार्छ : खेलकुदमन्त्री चौधरी

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आफ्नो कार्यकालमा खेलकुद क्षेत्रको विकासमा फड्को मार्ने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको अन्तरक्रिया तथा बधाइ कार्यक्रमको अवसरमा मन्त्री चौधरीले खेलकुद क्षेत्रमा धेरै सम्भावना रहेको र आफ्नो कार्यकालमा यसको विकास गर्ने धारणा राखेका हुन् ।

    भविष्यमा राजनीतिज्ञहरूका लागि पनि खेलकुद मन्त्रालय रोजाईमा पर्ने तवरबाट काम गर्ने बताए । मन्त्री चौधरीले नेपाली खेलाडीको पलायन रोक्न उनीहरूलाई राम्रो रोजगारीको अवसर दिनुपर्ने औंल्याए । उनले भलिबल खेल्दा विभिन्न संस्थानको प्रतिनिधित्व गरेर खेल्ने गरे पनि अहिले त्यो अवस्था नरहेको उल्लेख गरे । अहिले विभागीय टोलीमा मात्र छन् र खेलाडीहरूलाई राम्रो अवसर दिनेसके पलायन हुनबाट रोक्न सक्ने मन्त्री चौधरीको भनाइ छ ।

    आफ्नो कार्यकालमा खेलकुद क्षेत्र विवादरहित बनाउने मुख्य लक्ष्य रहेको उल्लेख गर्दै मन्त्री चौधरीले ऐननियम अनुरूप नै आफू अगाडि बढ्ने बताए । खेलकुद क्षेत्रमा आफू केही योगदान गर्ने उद्देश्यले आएको मन्त्री चौधरी बताउँछन् । त्यसैले खेलकुदको कार्यकारी निकायमा जुनसुकै व्यक्ति भएपनि ऐनअनुसार काम गरे आफ्नो सहयोग रहने उनको लक्ष्य छ ।

    उनले पूर्वमन्त्रीहरूले गरेका राम्रा काम भए त्यसलाई आफूले पनि निरन्तरता दिने बताए । नेपाली खेलकुद क्षेत्र एउटा व्यक्ति ४०–५० वर्षसम्म एउटै पद अध्यक्ष या महासचिव पदमा बसिरहेको अवस्था पनि रहेको मन्त्री चौधरीले उल्लेख गरे । अब त्यो अवस्था हटाउने प्रयासमा आफू रहेको उनले बताए । मन्त्री चौधरीले एउटै मानिस जहिल्यै त्यही पदमा बसिरहनुको अर्थ केही खराब काम पनि भइरहेको शंका गर्नुपर्ने पर्याप्त ठाउँ रहेको धारणा राखे ।

    आगामी दशौं राष्ट्रिय खेलकुद निर्धारित मितिमा नै हुनेगरी अहिले काम भइरहेको मन्त्री चौधरीले प्रष्ट पारे । खेलकुद यसपटक खेलकुद व्यवस्थित र सबै टेन्डर प्रक्रिया अपनाएर हुनेमा विश्वस्त रहन आग्रह गरे । अहिले ३६ वटा खेल राष्ट्रिय खेलकुदमा खेलाइने तयारी भइरहेको बताए । आयोजक प्रदेश कर्णालीसँग पनि त्यहाँको भौतिक अवस्थाबारे जानकारी लिने काम भइरहेको उनले बताए ।

    राष्ट्रिय खेलकुद आयोेजनाका लागि अब झन्डै ९० दिन बाँकी रहेको र आफूले व्यवस्थित तवरबाट खेल आयोजना गर्नेगरी योजना बनाउन आफू मातहतका निकायलाई निर्देशन दिएको मन्त्री चौधरीले उल्लेख गरे । यस पटक पनि पूर्वाधार अभावमा कर्णाली प्रदेशमा २४ खेल मात्र खेलाइने उनले संकेत गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend