logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी इरान

    सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी इरान

    1.9K
    Shares
    सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी इरान

    काठमाडौं । नेपालले माल्दिभ्समाथि सोझो सेटमा जित निकाल्दै जारी काभा महिला भलिबल नेसन्स लिगको सेमिफाइनल खेल्ने भएको छ । नेपालले अब मंगलबार सेमिफाइनलमा इरानसँग प्रतिष्पर्धा गर्ने भएको हो ।

    पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिगमा दोस्रो भएपछि नेपालले इरानलाई प्रतिद्वन्द्वी पायो । लिगमा पहिलो भएको भारतले भने लिगको चौथो स्थानको श्रीलंका खेल्ने तय भएको छ । चार खेलबाट नेपालले तेस्रो सफलता प्राप्त गरेको हो । तीन जित र एक हार सामना गरेको नेपालले ९ अंक जोड्यो । समान खेलबाट भारत १० अंकसहित शिर्ष स्थानमा रह्यो । इरान तेस्रो र श्रीलंका चौथो भयो ।

    इरानले सात अंक र इरानले चार अंक बटुल्यो । लिगको अन्तिम खेलमा सोमवार नेपालले प्रतियोगिताकै कमजोर टोली माल्दिभ्सविरुद्ध सहज जित निकाल्यो । नेपालले माल्दिभ्सविरुद्ध पहिलो सेट २५–८ ले एकपक्षीय पार्यो । तर दोस्रो सेटमा नेपालका प्रशिक्षक जगदीश भट्टले दोस्रो रोजाइका खेलाडीलाई अवसर दिए ।

    प्लेइङ सेट नै परिवर्तन गरेपछि माल्दिभ्सले नेपालमाथि केही चुनौती दियो । तर सफल हुन सकेन । दोस्रो सेट नेपालले २५–१९ ले आफ्नो बनायो ।

    तेस्रो सेटमा पनि माल्दिभ्सले नेपाली टोलीविरुद्ध केही समय दबाब बनायो । तर यो सेट पनि नेपालले २५–१८ ले आफ्नो पक्षमा पार्यो । यो नतिजासँगै चारै खेलमा पराजित माल्दिभ्स अंकविहीन भएर प्रतियोगिताबाट बाहिरियो । मंगलवार नै पहिलो सेमिफाइनलमा श्रीलंका र भारतबीच प्रतिस्पर्धा हुँदै छ भने दोस्रो सेमिफाइनलमा नेपालले इरानविरुद्ध चुनौती प्रश्तुत गर्नेछ । नेपालले लिगमा इरानसँगै हार व्यहोरेको थियो ।

    आजै भएको पहिलो खेलमा भारतले श्रीलंकालाई २५—१३, २५—२१, २५—२० ले हराएको थियो। तेस्रो जितसँगै भारत १० अंक सहित शिर्षस्थानमा रहन सफल भयो। ९ अंकसहित नेपाल दोस्रो भयो भने श्रीलंका चार अंक जोडेर चौथो हुँदा अंकबिहिन माल्दिभ्स पाँचौ हुँदै लिग चरणबाटै बाहिरियो । आईतबारको कमीकमजोरीलाई सुधार्दै इरानको समाना गर्ने प्रशिक्षक जगदीश भट्ट बताउँछन् ।

    नेपाललसँग मंगलबार इरानलाई हराएर बदला लिने अवसर रहेको छ । यसको लागि टिम तयार रहेको कप्तान अरूणा शाहीले बताइन् ।

    इरानको युवा टोली भएपनि डिफेन्स र अट्याक निकै मजबुत देखिएको छ । जसलाई तोड्ने रणनीति नेपालले बनाउनुपर्छ साथै नेपालले ब्लक र डिफेन्समा निकै सुधार गर्नुपर्ने देखिएको छ। भोलि पहिलो सेमिफाइनल खेलमा श्रीलंकाले भारतको सामना गर्नेछ ।

    दोस्रो सेमिफाइनलमा नेपाल र इरानबीच प्रतिष्पर्धा हुनेछ । लिग चरणमा इरानसँग भोगेको हारको बदला लिने अवसर नेपाली टिमलाई रहनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend