logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • आरएमसी ग्रुपका संस्थापक श्रवणकुमार अग्रवालको निधन

    आरएमसी ग्रुपका संस्थापक श्रवणकुमार अग्रवालको निधन

    483
    Shares
    आरएमसी ग्रुपका संस्थापक श्रवणकुमार अग्रवालको निधन

    काठमाडौं । संविधानसभा सदस्य एवं उद्योगपति श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा निधन भएको छ । मारवाडी सेवा समितिका पूर्वअध्यक्ष समेत भएका अग्रवालको सोमबार राति सानेपास्थित आफ्नै निवासमा निधन भएको हो ।

    उनी नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालका पिता हुन् । नेपाल उद्योग परिसंघले आज शोक विज्ञप्ति निकालेर उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । स्वर्गीय अग्रवाल ५८ वर्षदेखि विभिन्न उद्योग व्यवसायमा क्रियाशील थिए ।

    उनको आज साढे ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ। निर्माण सामाग्री उद्योगको अगुवा आरएमसी समूहका अध्यक्ष अग्रवाल केही समयदेखि बिरामी थिए।

    ५० वर्षअघिबाट व्यवसाय सुरु गरेका उनले सन् १९९२ मा राजेश मेटल क्राफ्ट उद्योग स्थापना गरेका थिए।

    सन् २००९ मा आरएमसी सिमेन्ट स्थापना गरेका अग्रवालको दर्जनौं उत्पादनमूलक उद्योगहरु छन्। अग्रवाल सामाजिक सेवामा पनि सक्रिय थिए।संस्थापक अग्रवालको अगुवाइमै आरएमसी सिमेन्ट, पाल्पा सिमेन्ट, आरएमसी फुड्स उद्योग सञ्चालनमा छन्। अग्रवाल दुई छोरा छन्। उनका श्रीमती, दुई छोरा र एक छोरी छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend