बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

बारामा ९८ प्रतिशत रोपाइँ

बारामा ९८ प्रतिशत रोपाइँ

कलैया, बारा । बाराका अधिकांश भागमा रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार ९८ प्रतिशत रोपाइँ समाप्त भएको छ ।

यस वर्ष ४६ हजार २० हेक्टर क्षेत्रफलमा बर्खे, भदैया, अगहनी धान रोपाइँ भएको केन्द्रका प्रमुख राजनारायणप्रसाद साहले जानकारी दिए । जिल्लाका किसानले ४५ हजार ९९ दशमलव छ हेक्टरमा रोपाइँ सम्पन्न गरेका छन् ।

हर्दिनाथ–१, चैते–२, चैते–४, राधा–४ जातका भदैया, सवा मन्सुली, राधा–११, ९, ७ जातका अगहनी धान, ३४ हजार एक सय २० हेक्टर क्षेत्रफलमा रोपिएको छ । कृषियोग्य ४६ हजार २० हेक्टर क्षेत्रफलमा रोपाइँ गर्ने लक्ष्य छ ।

गत वर्ष २०८०/८१ मा किसानले बर्खेधान, भदैया र अगहनीसहित विभिन्न जातका ४६ हजार २० हेक्टर क्षेत्रफलमा खेती भएको थियो

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend