logo

२०८१ असोज २२ मंगलबार

logo
  • मंगलबार, २२ असोज २०८१
  • हसिनाले देश छाडेपछि बंगलादेशमा राजनीति शून्यता, खालिदा जिया रिहा, सेनाको अन्तरिम सरकार अमान्य

    हसिनाले देश छाडेपछि बंगलादेशमा राजनीति शून्यता, खालिदा जिया रिहा, सेनाको अन्तरिम सरकार अमान्य

    1.6K
    Shares
    हसिनाले देश छाडेपछि बंगलादेशमा राजनीति शून्यता, खालिदा जिया रिहा, सेनाको अन्तरिम सरकार अमान्य

    एजेन्सी । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले भ्रष्टाचार मुद्धामा जेलमा रहेकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई रिहाइ गर्न आदेश दिएका छन्। यस्तै राष्ट्रपति शाहबुद्दिनले कोटा प्रणाली र सरकारको विरोधका क्रममा पक्राउ परेका विद्यार्थीहरूलाई रिहा गर्न निर्देशन दिएका छन्।

    शाहबुद्दिनले आफूले सेना प्रमुख र राजनीतिक दलका प्रतिनिधिहरूसँग बैठक गरेको जानकारी गराएका छन् ।

    राष्ट्रपतिशाहबुद्दिनले अन्तरिम सरकार गठन हुने जानकारी गराएका छन् । यस्तै अन्तरिम सरकारले मुलुकमा नयाँ निर्वाचन घोषणा गर्ने र देशभरि लगाइएको कर्फ्यू अन्त्य हुने बताएका छन् । यद्यपी सरकार कसको नेतृत्वमा बन्छ अझै स्पष्ट हुन बाँकी छ। लगातार १५ वर्ष प्रधानमन्त्री बनेकी शेख हसिना भारतको शरणमा पुगेपछि बंगलादेशको राजनीतिले नयाँ मोड लिएको छ।

    हसिनाको भारतमा शरण लिएसँगै अहिले बंगलादेशमा राजनीतिमा शून्यता आएको छ। बंगलादेशमा धेरै पटक सैन्य कू भएको छ । सन् २००७ मा त्यहाँ सैन्य कू भएको थियो। सेनाले पटक पटक सत्ता हातमा लिएको छ ।

    राष्ट्रपति शाहबुद्दिनले नयाँ सरकार गठनको तयारी गरिरहेका बेला आन्दोलनरत विद्यार्थीहरुले सेना नेतृत्वको सरकारलाई नमान्ने बताएका छन् । सेनाको नेतृत्वमा अन्तरिम सरकार बने अस्वीकार्य हुने बताएका छन्। नयाँ सरकारको नेतृत्व नोबेल पुरस्कार विजेता अर्थशास्त्री प्रा‍.डा मोहम्मद युनुसलाई दिन माग गरेका छन्।

    बंगलादेशमा ग्रामीण बैंक स्थापनाका साथै लघुवित्तको थालनी गरेर गरिवी कम गर्न सहयोग पुर्याएको भन्दै युनुसलाई सन् २००६ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो। उनी ८४ वर्षका भएका छन्। पदत्याग गरेर शेख हसिना भारतमा पलायन भएपछि सोमबार सेनाप्रमुख वाकर–उज–जमानले अन्तरिम सरकार गठन हुने घोषणा गरेका थिए।

    सोमबार साँझ राष्ट्रपति शाहबुद्दिनले विभिन्न नेताहरूको बैठकपछि अन्तरिम सरकार गठन हुने, नयाँ निर्वाचन घोषणा हुने र देशभरि लगाइएको कर्फ्यू अन्त्य हुने घोषणा गरेका थिए। सेनाप्रमुख वकार उज जामनले मंगलबार विद्यार्थी नेताहरूसँग भेट गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    बेगम खालिदा जियाको दल बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले प्रधानमन्त्री पदमा दाबी प्रस्तुत नगरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । जियाको पार्टी बिएनपीले विद्यार्थी नेताहरूलाई आफ्नो पूर्ण समर्थन रहने बताएको छ।

    यता खालिदा जियाले नेतृत्व हस्तान्तरण नहुन्जेल सर्वसाधारण मानिसलाई शान्त रहन आग्रह गरेकी छन्। अमेरिकाले प्रशंसा गर्दै अन्तरिम सरकारको गठनमा जोड दिएको छ।युरोपेली संघले लोकतान्त्रिक प्रणालीबाट निर्वाचित सरकारलाई शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्न आग्रह गरेको छ। यद्यपि छिमेकी भारतले पछिल्लो घटनाक्रमका बारेमा प्रतिक्रिया जनाएको छैन।

    यो पनि :

    बंगलादेशमा हिंसा भड्किएपछि राजीनामा दिएर प्रधानमन्त्री शेख हसिना भारत पलायन, सेनाको हातमा सत्ता !

    बंगलादेशका सेना प्रमुख जमानद्वारा अन्तरिम सरकार बनाउने घोषणा

    बंगलादेशबाट पलायन भएकी पूर्वप्रधानमन्त्री शेख हसिना भारतको शरणमा

    १५ वर्षपछि सत्ता त्याग्न बाध्य शेख हसिना को हुन्, किन पुगिन् भारतको शरणमा ?

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend