एजेन्सी। बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले संसद् विघटन गरेका छन् । सेना, विभिन्न राजनीतिक दलका शीर्ष नेता, नागरिक समाज र विद्यार्थी आन्दोलनका अगुवाहरूको सहमतिमा राष्ट्रपति शाहबुद्दिनले १२ औं संसद् विघटन गरेका हुन् । गत जनबरीमा आम निर्वाचनबाट बंगलादेशमा संसद बनेको थियो ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा विपक्षी दलकी नेता खलिदा जिया जेलमुक्त भएको पनि उल्लेख गरिएको छ । “राष्ट्रपतिले संसद विघटन गर्नुभएको छ”, राष्ट्रपति मोहम्मद साहाबुद्दिनका प्रेस सचिव सिप्लु जमानले भने।
सरकारी जागिरमा आरक्षण र कोटाको विरोधमा जुलाई पहिलो सातादेखि विद्यार्थी आन्दोलनका कारण सोमबार प्रधानमन्त्री शेख हसिनाको सरकार ढलेको थियो । हसिना सोमबार बंगलादेश छोडेर भारतमा शरण लिन पुगेकी छिन् ।
बंगलादेशमा आएको राजनैतिक परिवर्तनपछि सोमबार राति नै राष्ट्रपति मोहम्मद साहाबुद्दिनले सेना प्रमुख वाकर–उज–जमानलाई अन्तरिम सरकार गठन गर्न स्वीकृति प्रदान गरेका छन् ।
यता आन्दोलनरत विद्यार्थीहरुको अनुरोधमा नोबेल पुरस्कार विजेता प्राडा मुहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको नेतृत्व लिन तयार भएका छन् । युनुसले अन्तरिम सरकारको प्रमुख बन्न गरेको प्रस्ताव स्वीकारेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।उनका प्रवक्तालाई उधृत गर्दै पेरिसमामा सामान्य स्वास्थ्य जाँचपछि उनी बंगलादेश फर्किने जनाइएको छ । उनी ओलम्पिक कमिटीको निमन्त्रणामा फ्रान्सको पेरिस गएका थिए ।
बंगलादेशको दैनिक पत्रिका द डेली स्टारले पनि विद्यार्थीहरुले पटक पटक मलाई अनुरोध गरेकाले अन्तरिम प्रधानमन्त्री बन्न तयार रहको उल्लेख गरेको छ ।
यो पनि :
नोबेल पुरस्कार विजेता मुहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको प्रधानमन्त्री बन्न तयार
नोबेल पुरस्कार विजेता मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न आब्हान
बंगलादेशका सेना प्रमुख जमानद्वारा अन्तरिम सरकार बनाउने घोषणा
बंगलादेशमा हिंसा भड्किएपछि राजीनामा दिएर प्रधानमन्त्री शेख हसिना भारत पलायन, सेनाको हातमा सत्ता !
बंगलादेशबाट पलायन भएकी पूर्वप्रधानमन्त्री शेख हसिना भारतको शरणमा
१५ वर्षपछि सत्ता त्याग्न बाध्य शेख हसिना को हुन्, किन पुगिन् भारतको शरणमा ?
हसिनाले देश छाडेपछि बंगलादेशमा राजनीति शून्यता, खालिदा जिया रिहा, सेनाको अन्तरिम सरकार अमान्य