logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • मैले कहिल्यै भ्रष्टाचार गरिन र अरुलाई पनि गर्न दिन्न : प्रधानमन्त्री ओली

    मैले कहिल्यै भ्रष्टाचार गरिन र अरुलाई पनि गर्न दिन्न : प्रधानमन्त्री ओली

    406
    Shares
    मैले कहिल्यै भ्रष्टाचार गरिन र अरुलाई पनि गर्न दिन्न : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कहिल्यै पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन् । मंगलबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

    प्रधानमन्त्री ओलीले आफूले कसैलाई भ्रष्टाचार गर्ने कुनैपनि खालको अनुमति नदिएको जिकिर पनि गरे । उनले आफूमाथि राजनीतिक रुपमा कुनै लाञ्छना लगाउने काम भएपनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिवद्धता दोहोर्याए । भ्रष्टाचार नगर्ने र अरुलाई पनि आफूले भ्रष्टाचार गर्न नदिने प्रधानमन्त्री ओलीको दृढता थियो । उनले आफ्नो जानकारीमा रहेका ठाउँहरुमा आफूले भ्रष्टाचार गर्न नदिने पनि बताए ।

    प्रधानमन्त्री ओलीले भने, ‘मैले पहिले पनि जिन्दगीमा कहिल्यै भ्रष्टाचार गरिन, भ्रष्टाचार सहिन पनि । अब मेरो नजरभन्दा बाहिरबाट भ्रष्टाचार हुनु बेग्लै कुरा हो । राजनीतिक हिसावले कसैले लाञ्छना लगाउनु, लाञ्छित गर्नका लागि केही कुरा उठाउनु, हिलो छयाप्ने प्रयास गर्नु बेग्लै कुरा हो । म दावाका साथ भन्छु–यो धर्तीको अदालतमा मात्रै होइन कि चित्रा गुप्ताका अगाडि पनि जवाफ दिन तयार छु र म जवाफ दिन चाहन्छु । मलाई आर्जन गर्नुछैन । धन आर्जन गर्नुछैन । र राज्यको सम्पती, सार्वजनिक सम्पती अपचलन गरेर त्यसलाई आफ्नो बनाउनु छैन । त्यो मेरो नैतिकता पनि दिँदैन । र, मलाई आवश्यक पनि छैन ।’

    ‘त्यो मेरो सोच पनि होइन । तसर्थ, म माननीयजीहरुलाई ढुक्क रहन, अब कहाँ के सामाजिक सञ्जालमा कसले गाली ग¥यो, त्यो बेग्लै कुरा होला । कसैले कुनै लेख लेख्यो होला । कसैलाई के कारणले रिस उठछ, त्यो पनि थाहा छैन । म यहाँहरुका अगाडि यो गरिमामय समितिका अगाडि, समितिका सभापति र सदस्यहरुका अगाडि भन्न चाहन्छु–मैले भ्रष्टाचार गरिन र गर्न कसैलाई इजाजत पनि दिएको छैन ।

    अव कहिले कहिले मेरो बुताभन्दा बाहिर, मेरो जानकारी भन्दा बाहिर अरुले गरेका कुरा रोक्न नसकेको होला । तर गर्न दिएको होइन । म स्पष्ट गर्न चाहन्छु । फेरी पनि मेरो दृढ प्रतिवद्धता छ–म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न जोकोही होस्’ उनले भने ।

    त्यस अवसरमा प्रधानमन्त्री ओलीले विधेयकहरु छिटो पारित गर्न पनि संसद र संसदीय समितिहरुलाई आग्रह गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend