logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सरकारले श्वास फेर्ने हावामा कर लगाउने कानून मात्रै ल्याउन बाँकी छ : सांसद शर्मा

    सरकारले श्वास फेर्ने हावामा कर लगाउने कानून मात्रै ल्याउन बाँकी छ : सांसद शर्मा

    1.3K
    Shares
    सरकारले श्वास फेर्ने हावामा कर लगाउने कानून मात्रै ल्याउन बाँकी छ : सांसद शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले सरकारले नागरिकले श्वास फेर्ने हावामा कर लगाउने कानून मात्रै ल्याउन बाँकी रहेको बताएका छन् । मंगलबारको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले आफूले विभिन्न विषयमा नजिकबाट नियालीरहेको भन्दै सरकारले खानेपानी र स्वच्छ हावा निःशुल्क रुपमा पाउने पहिलो अधिकार भएपनि पानीमा पनि करमाथि कर बढाएको जिकिर गरे ।

    केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा उनले यस्तो धारणा राखे । व्यवसायिक प्रयोजनका लागि जमिन मुनिको पानी उपभोग गर्न दस्तुर तिर्नुपर्ने व्यवस्था गर्नका लागि प्रश्तावित व्यवस्थामा छलफल भरहेको विषयमा कांग्रेस सांसद शर्माको उक्त धारणा आएको हो ।

    सांसद शर्माले हरेक क्षेत्रमा दोहोरो–तेहोरो कर लगाउँदा व्यवसायिक वातावरण बिग्रिरहेको बताए । उनले उद्योगीले पनि नाफाको ३० प्रतिशतसम्म सरकारलाई कर बुझाउने कानुन रहेको कुरा स्मरण गराए ।

    उनले भने, ‘मान्य ध्रुवबहादुर प्रधानले राख्नुभएको कुरासँग मेरो शतप्रतिशत सहमति छ । कुनैपनि इण्डस्ट्री यो देशमा स्टाब्लिस भइरहँदा उसले उत्पादन गरेको वस्तु मार्केटमा बेचिसकेपछि नेट हुने पर्फिटबाट ३० प्रतिशत राज्यले कर लिएको हुन्छ । यो कुरा बिर्सिनु हुँदैन । सय रुपैयाँ नाफा भयो भने ३० रुपैयाँ बुझाएको हुन्छ । एउटा लगानी कर्ताले लगानी गरिरहेको हुन्छ, अनि नेपाल भन्ने देशको आफ्नै किनेको जमिनमा इण्डस्ट्री स्टाब्लिस गरिरहँदा सय रुपैयाँ नाफा कमाउँदा थोरैमा ३० र ३५ सम्म राज्यसलाई कर बुझाएको हुन्छ भन्नेकुरा हाम्रो दिमागमा पहिला कानून बनाउँदा राख्दा बुझ्न सजिलो हुन्छ ।

    मान्छे जसरी निःशुल्क रुपमा जन्मिन पाउनु उसको नैसर्गिक अधिकार हो, खानेपानी र स्वच्छ हावा निःशुल्क रुपमा पाउने पहिलो अधिकार हो । तर विभिन्न प्रोजेक्टहरु बन्छन्, खानेपानीका पनि प्रोजेक्टहरु बन्छन्, त्यसको मेन्टन कस्टको कुरा आउँछ । खानेपानी मेलम्चीबाट ल्याएकोमा पैसा लिन्छौँ त्यो त, जायज होला । तर जमिन मुनीको पानी नागरिकले पिउने कुरा हो । काठमाडौंमा सय मिटर तल पानी आउँछ, कहाँ आउँछ देखाउनुस् त ।

    हावामा मात्रै कर लगाउने कुरा बाँकी छ अब नेपालको सरकारको । यो कानून आउन बाँकी छ, म हेर्दै छु । खानेपानी जस्तो संवेदनशील विषयमा करमाथि कर थुपार्ने कुरा यो जयाज छैन । यसरी हचुवाका भरमा पास गर्नेगरी नजाऔँ । ब्याक गर्नुस् । दफावार छलफल गरौँ ।’

    सांसद शर्माले जमिनमुनीको पानी औद्योगिक प्रयोजनको लागि निकाल्दा कर लागउने कानून फिर्ता लिन माग गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend