शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

नेपाल माइक्रो इन्स्योरेन्सले साढे २२ करोडको आइपिओ ल्याउने, बिक्री प्रवन्धकमा एनआइएमबि एस क्यापिटल

नेपाल माइक्रो इन्स्योरेन्सले साढे २२ करोडको आइपिओ ल्याउने, बिक्री प्रवन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पुँजीको ३० प्रतिशत २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्कासन गर्न लागेको हो ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । सोमबार नेपाल माइक्रो र एनआएमबिबीच सम्झौता भएको छ ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु बीमा सेवा पुर्याउने लक्ष्य लिई नेपाल माइक्रो इन्स्योरेन्स २०७९ चैत २७ मा स्थापना भएको हो । कम्पनीले निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी २०८० वैशाख २६ देखि लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आईरहेको छ ।

सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) मृगेन्द्रनाथ रिमाल र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend