logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सरकार कृषि औजार कारखानाको विकासका पक्षमा छ : मन्त्री अधिकारी

    सरकार कृषि औजार कारखानाको विकासका पक्षमा छ : मन्त्री अधिकारी

    581
    Shares
    सरकार कृषि औजार कारखानाको विकासका पक्षमा छ : मन्त्री अधिकारी

    पर्सा । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले सरकार वीरगञ्जस्थित कृषि औजार कारखानाको विकासका पक्षमा रहेको बताएका छन् ।

    राष्ट्रिय आविष्कार केन्द्रले सञ्चालनको जिम्मा पाएको औजार कारखानाको वर्तमान अवस्था र यसको उपयोगिताका विषयमा जानकारी लिन आज कारखानाको अनुगमनका क्रममा उनले यस्तो बताएका हुन् ।

    कारखानास्थलको अनुगमनपछि सञ्चारकर्मीहरूसँग मन्त्री अधिकारीले कारखानाको अवस्थाबारे स्थलगत अध्ययनपश्चात मन्त्रालयले बृहत् छलफल गरी थप कार्य अगाडि बढाउने धारणा राखे । “कारखानाको विकास र उन्नयनका लागि आवश्यक पर्ने सबै पक्ष र विषयका मन्त्रालयले अध्ययन तथा छलपल गर्नेछ । त्यसपछि यसबारेमा मन्त्रिपरिषद्बाट निर्णय गरेका अगाडि बढ्ने छौँ”, उनले भने ।

    आविष्कार केन्द्रका संस्थापक महावीर पुनले मन्त्री अधिकारीसहितको टोलीलाई स्वागत गर्नुका साथै कारखानाबाट उत्पादन गरिएका कृषि उपकरण तथा मेसिनबारे जानकारी गराएका थिए । उनले ३० वर्षदेखि बन्द रहेको कारखाना सञ्चालनको जिम्मा पाएपछि केन्द्रले यहाँ रहेका सबै मेसिन मर्मत गरेको र तीमध्ये ९० प्रतिशत मेसिन काम लाग्ने अवस्थामा रहेको बताए ।

    “मर्मत गरिएका पुराना मेसिन उपयोगगरी हालसम्म २० वटा कृषि उपकरण तथा मेसिन उत्पादन गर्न सफल भएको छौँ । कारखाना निर्वाध रूपमा सञ्चालन गर्न १५ देखि २० करोड रुपैयाँ आवश्यक छ । नेपाल सरकारले सहयोग गरेमा कृषि उपकरणको आयातलाई पहिलो चरणमै पाँचदेखि छ प्रतिशत कम गर्नुको साथै कारखानामा दुई सयदेखि ती सय जनालाई प्रत्यक्ष रोजगार दिन सक्छौँ”, पुनले भने ।

    अनुगमन टोलीमा कृषि मन्त्रलायका सचिव डा दीपककुमार खनाललगायत मन्त्रलायका अधिकारीहरूको सहभागिता रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend