काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
गत फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका साङ्गठनिक कार्यक्रमहरू बैठकका मुख्य एजेण्डा रहेका छन् ।
बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल हुनेछ ।
साथै बैठकमा समसामयिक राजनीतिक, पार्टीको संगठन सुदृढिकरण लगायतका बारेमा केन्द्रिय सदस्यहरुले आफ्ना धारणा राख्नेछन् ।