logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सुनको मूल्य लाग्यो ओरालो, कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्य लाग्यो ओरालो, कतिमा हुँदैछ कारोबार ?

    1.6K
    Shares
    सुनको मूल्य लाग्यो ओरालो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । सुन तोलामा १४ सय रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    मंगलबार छापावाल सुन तोलाको एक लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

    सुनको मूल्य प्रतितोला डेढ लाख पुगेर फेरि ओरालो यात्रामा लागेको हो ।

    मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा २३ सयले घटेको थियो । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले घटेर १ लाख ४७ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

    सोमबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य मंगलबार एकैदिन तोलामा २३ सय रुपैयाँले घटेको थियो । सोमबार नयाँ रेकर्ड कायम हुँदै सुन प्रतितोला डेढ लाख रुपैयाँमा कारोबार भएको थियो ।

    सोमबार २४ क्यारेट (छापावाल) सुन अहिलेसम्मकै उच्च १ लाख ५० हजार रुपैयाँ कायम भएको थियो।

    त्यसपछि मंगलबार र बुधबार सुनको मूल्य निरन्तर ओरालो लागेको छ ।

    आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलाको १ हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार १ हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो ।

    सुन विश्व बजारमा प्रति औँस २३ सय ८३ डलरमा कारोबार भएको छ । गत साता अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रति औँस २५ सय डलर नाघेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend