सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

संक्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन शीर्ष नेतालाई हस्तान्तरण

संक्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन शीर्ष नेतालाई हस्तान्तरण

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन शीर्ष नेतालाई बुझाइएको छ । संक्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरिएको हो ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रहेका विवादित विषयलाई हल खोज्न गठन गरिएको कार्यदलले बुधबार सिंहदरबारमा तीन दलका शीर्ष नेतालाई प्रतिवेदन बुझाएको हो ।

कार्यदलमा गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा (एमाले) का मुख्यसचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा थिए ।

उनीहरूले पटकपटक छलफल गरी संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रहेका विवादित विषयको समाधान खोजेका थिए ।

गत बिहीबार कार्यदलका सदस्यसहित संसदीय समितिका सभापति, कानूनमन्त्रीबीच भएको छलफलमा विवादित सबै विषयमा सहमति जुटेको थियो ।

सहमति जुटेसँगै सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टीआरसी), २०७१ लाई संशोधन गर्न बनेको विधेयक अघि बढाउन बाटो खुलेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend