बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनसके विश्वका लागि नेपाल अनुकरणीय बन्नेछ : सभापति देउवा

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनसके विश्वका लागि नेपाल अनुकरणीय बन्नेछ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनसके विश्वका लागि नै नेपाल अनुकरणीय बन्ने बताएका छन् । बुधबार सिंहदरबारमा टिआसी विधेयक सहमतिको प्रतिवेदन बुझ्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले कार्यदलले मेहनतसँग छलफल गरी प्रतिवेदन तयार पारेकाले अब शान्ति प्रक्रियाका बाँकी टुंग्याएर विश्वलाई नै सन्देश दिनुपर्ने बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम पूर्ण रुपमा सम्पन्न भए नेपालबाट राम्रो सन्देश जाने र नेपालको शान्ति प्रक्रियाको अनुकरण गर्ने बताए ।

उनले भने, ‘साथीहरुले धेरै महेनत गरेर नेपाललाई एउटा युनिक किसिमको आफैँले नै नेपालको शान्ति प्रक्रिया टुंग्याउनका लागि यो मेहनत गर्नुभयो । सबै धन्यवादका पात्र हुनुहुन्छ । नेपालले यसलाई राम्रोसँग कार्यान्वयन गरेको र टुंग्याएको खण्डमा संसरमा नै यो अनुकरणीय हुनेछ । र यसले नेपालको अझ पूर्ण रुपमा सम्पन्न भए नेपाललाई अनुकरणीय रुपमा लिनेछन् ।’

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहजीकरणका लागि गठित राजनीतिक दलको कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन आज शिर्ष नेतालाई बुझाइएको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend