logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • बंगलादेशमा राजनीतिक संकट : पूर्वप्रधानमन्त्री शेख हसिना र रेहानालाई सुपुर्दगी गर्न भारतसँग आग्रह

    बंगलादेशमा राजनीतिक संकट : पूर्वप्रधानमन्त्री शेख हसिना र रेहानालाई सुपुर्दगी गर्न भारतसँग आग्रह

    2.8K
    Shares
    बंगलादेशमा राजनीतिक संकट : पूर्वप्रधानमन्त्री शेख हसिना र रेहानालाई सुपुर्दगी गर्न भारतसँग आग्रह

    ढाका, एएनआई । बंगलादेशको वर्तमान राजनैतिक अवस्थालाई सम्बोधन गर्न सर्वोच्च अदालत बार एसोसिएसन (एससिबिए) का अध्यक्ष एएम महबूब उद्दीन खोकनले विदार्थीको आन्दोलनको बलमा अपदस्थ प्रधानमन्त्री शेख हसिना र उहाँकी बहिनी शेख रेहानालाई पक्राउ गरी सुपुर्दगी गर्न भारतसँग आग्रह गरेका छन् ।

    एससिबिए सभामा आयोजित पत्रकार सम्मेलनमा खोकनले भारतसँग सकारात्मक सम्बन्ध कायम राख्न चाहेको बताउँदै निर्दोस जनतामाथि दमन गरी सयौँको मृत्युका लागि उनीहरू जिम्मेवार रहेको र हसिना र सेहानालाई बंंगलादेश फिर्ता गरिनुपर्नेमा जोड दिए ।

    बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का संयुक्त महासचिवसमेत रहेका खोकनले संकटकाल घोषणाको विरोध गर्दै राजनीतिक गतिविधि र भ्रष्टाचारमा संलग्न सर्वोच्च अदालतका न्यायाधीशलाई एक हप्ताभित्र राजीनामा दिन आग्रह गरेका छन् । आस्थाका आधारमा बन्दी बनाइएका सबै राजनीतिक बन्दीहरूको रिहाइको माग गरिएको छ ।

    बंगलादेशमा आरक्षण प्रणालीको विरोध गर्दै विद्यार्थीहरूको नेतृत्वमा सुरु भएको विरोध प्रदर्शन निवर्तमान् सरकारको अतिवादी रबैयाका कारण अन्ततः सरकार विरोधी प्रदर्शनको रूपमा परिवर्तन भएपछि अवामी लिगकी नेतृ तथा हालै प्रधानमन्त्रीबाट अपदस्थ शेख हसिना वाजेद हेलिकप्टरमा चढी भारततर्फ जान बाध्य भएकी थिइन् ।

    यसैबीच राष्ट्रपति मोहम्मद शाहबुद्दिनले अन्तरिम सरकार गठनका लागि संसद विघटन गरी नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारको गठन गर्न निर्देशन दिएका छन् ।

    यो पनि :

    बंगलादेशबाट पलायन भएकी पूर्वप्रधानमन्त्री शेख हसिना भारतको शरणमा


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend