logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नेपाललाई शान्ति चाहिएको छ, द्वन्द्वमा फस्न दिँदैनौँ : प्रधानमन्त्री

    नेपाललाई शान्ति चाहिएको छ, द्वन्द्वमा फस्न दिँदैनौँ : प्रधानमन्त्री

    490
    Shares
    नेपाललाई शान्ति चाहिएको छ, द्वन्द्वमा फस्न दिँदैनौँ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई शान्ति चाहिएको बताएका छन् । बुधबार टिआरसी विधेयक सहमतिका लागि बनेको कार्यदलको प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन् ।

    उनले कुनै प्रकारको द्वन्द्वमा नेपाल नफसोस् भन्नेमा सरकार सजग रहेको बताए । उनले विधिको शासन भन्दा पर जान नसक्ने पनि बताए । उनले डेमोक्रेसी नहुँदा, अधिनायकवाद हुँदा, तानाशाही हुँदा, संवैधानिक बाटो, शान्तिपूर्ण बाटो अवरुद्ध हुँदा र लोकतान्त्रिक माध्यमबाट परिवर्तन र अग्रगमन सम्भव नहुँदा जनताले परिवर्तनका लागि आन्दोलन गर्दै आएपनि अहिले लोकतान्त्रिक बाटो खुला रहेको बताए । उनले लोकतान्त्रिक बाटो खुला हुँदा पनि गरिने क्रियाकलाप स्वीकार्य नहुने चेतावनी दिए ।

    उनले भने, ‘नेपाललाई शान्ति चाहिएको छ र कुनै प्रकारको द्वन्द्वमा नेपाल नफसोस् । त्यसमा हामी सजग छौँ । द्वन्द्वमा नेपाललाई फस्न दिनु हुँदैन, कुनैपनि प्रकारको । यस्तो कुराहरु देशको हितमा हुँदैन । हामी विधिको शासन भन्दा पर जान सक्दैनौँ । डेमोक्रेसी, विधिको शासन, मुख्य कुरा यि हुन् । विधिको शासन । विधि भन्दा बाहिर गएर गरिने कुरा त्यो उचित हुँदैनन् ।

    हाम्रो अभ्यासबाट पनि हामीले हेरिसक्यौँ, देखिसक्यौँ । विभिन्न अभ्यासहरु भए पनि विगतमा । तर विधिको शासन भन्दा पर अब डेमोक्रेसी आइसकेपछिको स्थितिमा, डेमोक्रेसी नहुँदा, अधिनायकवाद हुँदा, तानाशाही हुँदा, संवैधानिक बाटो, शान्तिपूर्ण बाटो अवरुद्ध हुँदा र लोकतान्त्रिक माध्यमबाट परिवर्तन र अग्रगमन सम्भव नहुँदा जनताले परिवर्तनका लागि आन्दोलन गर्दै आएका छन् । जब लोकतान्त्रिक बाटो खुला छ भने अरु कुनै किसिमका कुरा स्वीकार्य हुँदैनन् ।’

    प्रधानमन्त्री ओलीले अहिलेको सरकार लोकतन्त्रका लागि सचेत रहेको बताए । उनले संवैधानिक कानूनी प्रावधानअनुसार सरकार नचले लोकतान्त्रिक नहुने बताए । संघीयताको प्रभावकारी कार्यान्वयन भएका कमी हटाएर प्रभावकारी कार्यान्वयनतर्फ अघि बढ्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend