logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना : ५ जनाको मृत्यु

    एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना : ५ जनाको मृत्यु

    1.7K
    Shares
    एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना : ५ जनाको मृत्यु

    काठमाडौं । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकोप्टर हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका–७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएको हो ।

    काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको नाइन एन–एजेडी हेलिकोप्टर बुधबार दिउँसो दुर्घटनामा परेको हो । हेलिकोप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । दुर्घटनाग्रस्त हेलिकोप्टरमा चार जना चिनियाँ नागरिक रहेका छन् ।
    क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ ।

    “घटनास्थलमा केही सुरक्षाकर्मी र स्थानीयवासी पुगेका छन् । उनीहरुले हेलिकोप्टरमा लागेको आगो निभाइरहेका छन्”, उनले भने। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

    यता नेपाल नागरिक उड्डयन प्राधिकरणले उडेको ३ मिनेटमै हेलिकोप्टर दुर्घटनाग्रस्त भएको जनाएको छ । प्राधिकरणले उद्धारका लागि प्रभु हेलिकोप्टर परिचालन गरिएको जानकारी दिएको छ ।

    यो पनि :

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend