logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नेपाली आकाश झनै असुरक्षित, दुई सातामा दुई हवाइ दुर्घटना हुँदा २३ जनाको मृत्यु

    नेपाली आकाश झनै असुरक्षित, दुई सातामा दुई हवाइ दुर्घटना हुँदा २३ जनाको मृत्यु

    2.8K
    Shares
    नेपाली आकाश झनै असुरक्षित, दुई सातामा दुई हवाइ दुर्घटना हुँदा २३ जनाको मृत्यु

    काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको दुई सातामा फेरी नेपाली आकासमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । बुधबार काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकोप्टर नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा दुर्घटनाग्रस्त भएको हो ।

    आज दिउँसो १ः५४ बजे भक्तपुरको नलिन्चोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनाग्रस्त भएको थियो ।  काठमाडौंबाट उडेको हेलिकोप्टर केही बेरमा नै सम्पर्कविहीन भएको थियो। नुवाकोटको शिवपुरीका स्थानीयबासिन्दाले आगो बलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि सम्पर्कविहीन भएको हेलिकप्टर दुर्घटना भएको पुष्टि भएको हो।

    दुर्घटनाग्रस्त हेलिकोप्टरमा पाइलटसहित ५ जना सवार थिए । हेलिकोप्टरमा सवार ५ जना यात्रुको मृत्यु भएको छ । हेलिकोप्टर दुर्घटना हुँदा एक जना नेपाली र चार जना चिनियाँ नागरिकको मृत्यु भएको हो ।

    यो हेलिकोप्टर काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको थियो। उडेको तीन मिनेटपछि हेलिकोप्टर सम्पर्कविहीन भएको थियो। बुधबार दिउँसो २ बजेर २० मिनेटमा हेलिकोप्टर दुर्घटना भएको अनुमान गरिएको छ। सो हेलिकोप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए ।

    त्यस्तै, साउन ९ मा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा चालक दलका सदस्य र यात्रु सहित विमानमा १८ जनाको निधन भएको थियो । यस्तै बुधबार रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकोप्टर नुवाकोटको शिवपुर गाउँपालिकास्थित सूर्यचौरमा दुर्घटनाग्रस्त भएको छ ।

    हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चार चिनियाँ (तीन पुरुष र एक महिला) नागरिकको मृत्यु भएको हो । नेपाल नागरिक उड्डउन प्राधिकरणका अनुसार मृत्यु हुनेमा पाइलट मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जी रहेका छन् । दुर्घटनामा परी मृत्यु भएका मृतकहरुको शव संकलन भई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ ल्याउने कार्य भइरहेको प्राधिकरणले जनाएको छ ।

    यस्तै साउन ९ गते बुधवार बिहान काठमाडौँबाट पोखरा उड्ने क्रममा ग्राउन्ड छाड्नेबित्तिकै ९ एन एएमई सौर्य एयरलाइन्सको बम्बार्डियर जहाज विमान दुर्घटना भएको थियो ।

    विमानका क्याप्टेन मनिष शाक्य बाच्न सफल भएका छन् । तर, हेलिकोप्टरमा सवार पाइलटलगायत पाँचै जनाको मृत्यु भएको छ । दुई सातामा हवाई दुर्घटनामा ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।

    सन् २०२३ जुलाई ११ मा सोलुखुम्बुमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको थियो। सो दिन मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो। २०२३ कै मे ५ मा संखुवासभामा सिम्रिक एयरको विमान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो। त्यसअघि सन् २०१९ मा अप्रिल १९ मा लुक्ला विमानस्थलमा मनाङ एयरको विमान दुर्घटना भएको थियो।

    सन् २००६ सेप्टेम्बर २३ मा ताप्लेजुङको घुन्सामा श्री एयरलाइन्सको एमआइ १७ हेलिकोप्टर दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको थियो। त्यसबेला मन्त्री गोपाल राई, हर्क गुरुङका साथै मृत्यु हुनेमा इन्जिनियरसहित प्राविधिकसमेत थिए।

    यो पनि :

    एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना : ५ जनाको मृत्यु

    दुर्घटनाग्रस्त एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जना सवार थिए (सूचीसहित)

    सौर्य एयरलाइन्स दुर्घटना : विमानमा थिए १९ जना यात्रु, पाइलटको जीवितै उद्धार

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend