सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

यस्तो छ एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटनास्थल (तस्विरहरु)

यस्तो छ एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटनास्थल (तस्विरहरु)

हेलिकप्टर दुर्घटना काठमाडौँ, २३ साउनः नुवाकोटको शिवपुरी गाउँपालिका–७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा बुधबार भएको दुर्घटनाग्रस्त हेलिकप्टरमा लागेको आगो निभाउृँदै सुरक्षाकर्मी । तस्बिरः हरिराम भेटुवाल÷रासस

काठमाडौं । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका–७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएको हो ।

काठमाडौंबाट रसुवाको स्याफ्रुबेसी उडेको नाइन एन–एजेडी हेलिकोप्टर बुधबार दिउँसो दुर्घटनामा परेको हो । हेलिकोप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।

दुर्घटनाग्रस्त हेलिकोप्टरमा चार जना चिनियाँ नागरिक रहेका छन् । क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ ।

तस्विर स्रोत – सशस्त्र प्रहरी बल

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend