logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • नेपाललाई हराउँदै भारतले जित्यो काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि

    नेपाललाई हराउँदै भारतले जित्यो काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि

    1K
    Shares
    नेपाललाई हराउँदै भारतले जित्यो काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि

    काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतले जितेको छ । नेपाललाई तीन, दुई सेटले पराजित गर्दै भारतले उपाधि जितेको हो ।

    त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा जारी खेलमा पाचौं सेटमा भारतले १५-५ ले जित निकाल्यो । निर्णायक पाँचौ सेटमा नेपालले कमजोर खेल देखाउँदा उपविजेतामै सीमित बन्यो । त्यसअघि भने नेपालले उत्कृष्ट खेल देखायो ।

    पहिलो सेट २५-२३ ले जित निकालेको नेपालले दोस्रो सेट १४-२५ ले गुमाएको थियो । तेस्रो सेटमा नेपालले २५-२२ ले जित हासिल गर्याे ।

    पाँचौ सेट भारतले नेपाललाई १५–५ ले जितेको हो । चौथो सेटमा भारतले जित निकाल्दा खेल पाचौं सेटमा धकेलिएको थियो ।

    यससँगै भारतलाई पराजित गर्दै ऐतिहासिक उपाधि जित्ने अवसर नेपालले गुमायो । नेपालले लिग चरणको खेलमा भने भारतलाई हराउँदै इतिहास बनायो । अन्तर्राष्ट्रिय भलिबल खेल्न थालेको ३७ वर्षको इतिहासमा नेपाली महिला टोलीले भारतमाथि निकालेको सो पहिलो जित थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend