logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • भिजियोल फ्लाईट रुटअनुसार नचल्दा हेलिकोप्टर दुर्घटना

    भिजियोल फ्लाईट रुटअनुसार नचल्दा हेलिकोप्टर दुर्घटना

    952
    Shares
    भिजियोल फ्लाईट रुटअनुसार नचल्दा हेलिकोप्टर दुर्घटना

    काठमाडौं । नेपाल नागरिक उडडयन प्राधिकरणले चालक दलको कमजोरी कारण एयर डाईनेष्टीको हेलिकोप्टर दुर्घटनामा परेको जनाएको छ ।

    प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले बिहीबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा प्रारम्भिक प्रतिक्रिया दिएका हुन् ।

    उनले त्यसको विस्तृत वितरण भने सरकारले गठन गरेको छानविन समितिले दिने पनि बताए । सिभिल एभिएशनको भिजियोल फ्लाईट रुट (भिएफआर)ले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको प्राधिकरणको दाबी छ ।

    महानिर्देशक अधिकारीले भिएफआरको अनुमति विपरित हेलिकोप्टर बादल भित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिवन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेवार चालक दल नै देखिएको दलिल पेश गरे ।

    उनले भने, ‘टावरबाट सम्पर्क विच्छेद हुने त्तित्तिकै हामीले प्रोसिड्युअर अनुसार नै खोजि गर्यौं । जबसम्म हामी क्र्यास साईट आईडेन्टीफाई तबसम्म मौसमको हिजोको अवस्था पनि त्यस्तै थियो । तर हामीले त्यो शंकास्पद ठाउँ पत्ता लगाउने वित्तिकै हेलिकोप्टर खोजीका लागि हेलिकप्टर परिचालन गरेको अवस्था थियो । र नेपाल सरकारले यो दुर्घटना छानविन आयोग गठन गरिसकेको अवस्थामा यसको रुटकज के हो भन्ने बारेमा पनि म धेरै जान चाहन्न ।

    आज बिहान हामीले माननीय मन्त्रीज्यु, सचिवज्यु, हामी गएर साईट पनि हेर्यौं । यसको रुट कज चाहीँ सरसर्ती हेर्दाखेरी यद्यपि यो छानविन आयोगले नै बताउला । ब्याड वेदरमा यो प्रवेश गरेको कारण, बादल भित्र प्रवेश गरेको कारण र ऊ फर्कने क्रममा लेफ्ट टर्न गर्दाखेरी ठोक्किएको देखिन्छ । यो चाहीँ पाईलोटिङ कमाण्डले हाम्रो सिभिल एभिएशनको भिजियोल फ्लाईट रुट अनुसार नगएर यसरी बादल भित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिवन्धित हो ।

    यो कानूनल वर्जित गरेको विषय हो । यो रुटकज भनेको चाँही भीएफआरको उल्लंघन गरेका कारण दुर्घटना भएको देखिन्छ हाम्रो अनुसन्धानमा । यसको डिटेल इन्भेष्टिगेशनत सरकारले गठन गरेको आयोगले नै बताउला ।’

    साउन २३ गते बुधवार (हिजो) सो हवाईजहाज दुर्घटना हुँदा चार जना चिनियाँ नागरिकसहित ५ जनाको मृत्यु भएको थियो ।

    यो पनि :

    एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना : ५ जनाको मृत्यु

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend