सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

जापानमा शक्तिशाली भूकम्प

जापानमा शक्तिशाली भूकम्प

काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७।१ म्याग्निच्यूड मापन भएको छ ।

भूकम्पको केन्द्र दक्षिणपश्चिम क्षेत्रको मियाजाकी प्रान्तमा थियो । भूकम्पको कारण मियाजाकी र कोची प्रान्तमा सुनामी आउने सम्भावना रहेको अधिकारीहरुको भनाइ छ ।

जापानको सरकारी समाचार संस्था एनएचेका अनुसार भूकम्पले क्षति पुर्याएको विवरण भने आइसकेको छैन ।

जापानी सञ्चारमाध्यम ‘एनएचके वर्ल्ड’का अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइता, कगोसिमा लगायतका क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend