logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • नेप्सेभित्रका कर्मचारीकै मिलोमतोमा पुँजीबजारमा ‘इन्साइडर ट्रेडिङ’ हुने गरेको छ : पूर्वअर्थमन्त्री डा महत

    नेप्सेभित्रका कर्मचारीकै मिलोमतोमा पुँजीबजारमा ‘इन्साइडर ट्रेडिङ’ हुने गरेको छ : पूर्वअर्थमन्त्री डा महत

    2.1K
    Shares
    नेप्सेभित्रका कर्मचारीकै मिलोमतोमा पुँजीबजारमा ‘इन्साइडर ट्रेडिङ’ हुने गरेको छ : पूर्वअर्थमन्त्री डा महत

    काठमाडौं । पुर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नेप्सेभित्र काम गर्ने कर्मचारीकै मिलोमतोमा पुँजीबजारमा इन्साइडर ट्रेडिङ हुने गरेको दाबी गरेका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री डा. महतले यस्तो दाबी गरेका हुन् ।

    उनले आफू अर्थमन्त्री भएको बेलामा धितोपत्र बोर्डले नेप्सेमा भित्रका सूचना लिएर (इन्साइडर ट्रेडिङ) हुने गरेको बोर्डले जानकारी दिएको बताए । उनले नेप्सेमा लिष्टेड भएका कम्पनीका मान्छे नेप्सेको कर्मचारी रहेको उनीहरुसँगकै सूचनाका आधारमा बजारमा इन्साइडर ट्रेडिङ कारोबार हुने गरेको धितोपत्र बोर्डकै अध्ययनबाट देखिएको बताए ।

    उनले धितोपत्र बोर्डको अध्ययनले त्यस्तो अपारदर्शी कारोबार भएकाले देखाएकाले नियमक निकायका हैसियतमा तत्काल नियमन गर्नुपर्ने बताए । उनले यस्तो कारोबारमा बोर्डले हस्तक्षेप र निगरानी गर्न जरुरी रहेको बताए । डा. महतले आफू अर्थमन्त्री भएको समयमा यस्तो थाहा पाएको र छानबिन समिति बनाएर काम गरेको तर पछि सरकार फेरिए पछि अन्योल रहेको भन्दै नियमन गर्न बोर्डलाई आग्रह गरे ।

    उनले शेयर बजारले अर्थतन्त्र धानेको छ भन्नु गलत भएको उल्लेख गरे । उनले पुँजी बजारले अर्थतन्त्र धान्नु भन्दा पनि कतैकतै चलखेल हुने गरेको बताए । उनले अहिले बनेको सरकारका कारण पनि बजार बढेको भन्दै यसलाई स्थायी बनाईराख्न चुनौतिपूर्ण रहेको बताए । उनले बोर्डमा स्थायी अध्यक्ष बन्ने प्रकृया अघि बढेपनि अहिले रोकिनु राम्रो नभएको बताए ।

    उनले पुँजी बजारलाई लिएर आफूप्रति नकारात्मक धारणा नराखेको बताए । उनले शेयर बजार व्यवस्थित र मर्यादित हुनुपर्छ भनेकोमा आफू विरुद्ध स्टेटमेण्ट नै जारी भएको बताए । उनले आफूले शेयर बजार बढ्यो,बढ्नु हुँदैन नभनेको बताए । उनले संसद्मा कुनै कम्पनी संस्थाको पक्ष वा विपक्षमा नभई आम सर्वसाधारणको पक्षमा बोल्ने सुसूचित गरेको बताए ।

    उनले केही कम्पनीहरूको शेयर अस्वाभाविक बढेकाले यसको वास्तविकता के हो र कम्पनीको वित्तीय स्थिति के छ भन्ने हेरेर लगानी गर्न आवश्यक रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend