काठमाडौँ । नेपाली बजारमा (आज) शुक्रबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ५ सय रुपैयाँले बढेको हो ।
बिहीबार प्रतितोला १ लाख ४६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ हजार ५ सय रुपैयाँले बढेर १ लाख ४८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी,आज चाँदीको मूल्य पनि बढेको छ ।
बिहीबार तोलामा १ हजार ६ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेर १ हजार ७ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ ।