logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • म्यानमारको प्रसिद्ध श्वेडागन प्यागोडा हेर्न जुलाईमा ४ लाख ४० हजार पर्यटक पुगे

    म्यानमारको प्रसिद्ध श्वेडागन प्यागोडा हेर्न जुलाईमा ४ लाख ४० हजार पर्यटक पुगे

    385
    Shares
    म्यानमारको प्रसिद्ध श्वेडागन प्यागोडा हेर्न जुलाईमा ४ लाख ४० हजार पर्यटक पुगे

    एजेन्सी । म्यानमारको प्रसिद्ध श्वेडागन प्यागोडा हेर्नका लागि जुलाईमा ४ लाख ४० हजार स्थानीय र विदेशी पर्यटकहरू पुगेका छन् । राज्य सञ्चालित म्यानमार रेडियो र टेलिभिजनले प्यागोडाको ट्रस्टी बोर्डलाई उद्धृत गर्दै यस्तो बताएको हो ।

    कुल आगन्तुकमा ५ हजार ३ सय ८९ विदेशी पर्यटक रहेको प्रतिवेदनले जनाएको छ । म्यानमारको सुनौलो प्यागोडा भनेर चिनिने श्वेडागन प्यागोडाले २०२४ को पहिलो सात महिनामा ३।७ मिलियनभन्दा बढी आगन्तुकहरू आकर्षित गरेको रिपोर्टमा उल्लेख छ ।

    यो म्यानमारको शिर्ष गन्तव्यहरू मध्ये एक हो । श्वेडागन प्यागोडाको लागि भ्रमण गर्ने समय बिहान ४ बजेदेखि राति १० बजेसम्म तय गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend