काठमाडौं । प्रभु बैंक लिमिटेडले प्युठान नगरपालिका-४ स्थित बिजुवारमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । २५ साउनमा जिल्ला समन्वय समितिका प्रमुख धरमबहादुर जीसीले बैंकको ३१५औं शाखाको उद्घाटन गरेका हुन् ।
सर्वसाधारणलाई सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यका साथ देशका विभिन्न स्थानमा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ । जसले समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुग्ने विश्वास बैंकको छ ।
बिजुवार शाखा मार्फत स्थानीय, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ ।